सुचना, समाचार र मनोरन्जन

दीपेन्द्र के खनालको निर्देशनमा फिल्म ‘मेयर’ बन्ने,माघबाट सुटिङ

काठमाडौं :

नेपालका सुपरहिट निर्देशकको छवि बनाएका दीपेन्द्र के खनालले आगामी फिल्म ‘मेयर’को घोषणा गरेका छन्। उनले बनाउने फिल्ममा सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापामाथिको बायोपिक फिल्म हुनेछ। दीपेन्द्रले यो फिल्मको छायांकन माघबाट सर्लाहीबाट नै थालिने जानकारी समेत दिएका छन्।

Chaka Panja

मेयर थापा गत वर्ष भएको स्थानीय तहको चुनावमा थापा नेकपा माओवादी केन्द्रबाट बागमती नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । उनी दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका थिए । उनीमाथी फिल्म बन्नुमा निकै कारणहरु रहेका छन्। मेयर थापाले आफ्नो पहिलो कार्यकालमा नगरपालिकालाई पर्यटकीय नगरीको रुपमा ठूलो कृत्रिम ताल निर्माण गरेका थिए।

फिल्मलाई सागर मैनाली र अरविसा थापाले निर्माण गर्न लागेका हुन्। अरविसा मेयर थापाकै छोरी हुन्। यस फिल्मका लागि कलाकार छनोट हुनै बाँकी रहेको निर्माण पक्षले जानकारी दिएको छ। फिल्ममा अहिलेसम्म अभिनेता प्रकाश घिमिरे बाहेक अरुको नाम केहि दिनमा नै सार्वजनिक गर्ने तयारीमा निर्माण पक्ष छ। निर्देशक खनाल ‘मेयर’पछि ‘आमा’को दोस्रो श्रृंखला निर्माणमा लाग्नेछन्। अहिले उनी दिर्नेशत फिल्म ‘पशुपतिप्रसाद : भष्मे डन’ प्रदर्शन भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.