सुचना, समाचार र मनोरन्जन

‘दिमाग खराब’ को गीतमा ‘डान्स स्टेप’ प्रतियोगीताको विजेता बने नयाँ फिल्ममा अभिनय गर्ने अवसर

काठमाडौं :

निश्चल बस्नेतले ६ वर्षपछि निर्देशन गरेको फिल्म ‘दिमाग खराब’ को गीतमा डान्स स्टेप प्रतियोगीता सुरु गरेको छ। ९ दिनअघि रिलिज भएको फिल्ममा ‘झम्के झमा झम’ गीतमा निर्माण टिमले ‘डान्स स्टेप’ प्रतियोगिताको घोषणा गरेको हो।

टिकटक तथा युट्युबमा गीतमाथि उत्कृष्ट भिडियो बनाउनेमध्ये विजेतालाई क्रमशः पच्चास हजार र डेढ लाख पुरस्कार दिने बताइएको छ। प्रतियोगितामा सहभागी हुन चाहनेले आफ्नो टिकटक तथा युट्युबमा भिडियो बनाएर #JHAMKEJHAMAJHAM-TIKTOKID र #DIMAGGKHARAB को प्रयोग गरी पोस्ट गर्नुपर्नेछ । साथै, भिडियोलाई [email protected] मा आफ्नो गुगल ड्राइभ लिंक पठाउनुपर्नेछ ।  उत्कृष्ट भिडियो बनाउनेलाई सिनेमा आर्ट्सको नयाँ फिल्ममा काम गर्ने अवसर समेत दिइने निर्माण टिमले जानकारी दिएको छ।

Chaka Panja

बाबुल गिरीको शब्द रचना र संगीतमा तयार भएको गीतमा नम्रता काफ्ले र सुमित खड्काको युगल स्वर रहेको छ । यस्तै, गीतको भिडियोमा शेखर घर्ती मगरको कोरियोग्राफी छ । सुशन प्रजापतिले छायांकन गरेको यो फिल्ममा दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुस्कर गुरुङ, माओत्से गुरुङ, रमा थपलिया लगायतको अभिनय छ।

 

फिल्म आगामी कात्तिक २४ गतेदेखि प्रदर्शनमा आउँदैछ । यो फिल्मलाई बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘टाइगर ३’ सँग भिड्नुपर्ने ठूलो चुनौती बन्न सक्ने समेत देखिएको छ ।

Leave A Reply

Your email address will not be published.