सुचना, समाचार र मनोरन्जन

‘सिनेमाघर एप’ मा फिल्म ‘जारी’रिलिज हुँदै

काठमाडौं :

नेपालको ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’ मा फिल्म ‘जारी’रिलिज हुने भएको छ। फिल्म ‘जय भोले’, ‘कबड्डी ४’, ‘महापुरुष’पछि अब एपमा अब ‘जारी’ रिलिज हुने भएको हो।

Chaka Panja

निर्माण पक्षका अनुसार यहि दसैंको छेको पारेर असोज २८ गते ‘सिनेमाघर एप’मा फिल्म रिलिज हुनेछ। एपका सीइओ सागर खरेलका अनुसार दर्शकलाई दसैंको उपहारस्वरुप यो फिल्म रिलिज गर्न लागिएको हो। वि.स. २०८० को पहिलो दिन हलमा लागेको यो फिल्मले १७ करोडमाथिको कलेक्सन गरेको थियो। फिल्मलाई उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन्।

लिम्बु समुदायमा प्रचलित जारी प्रथालाई मियो बनाएर प्रेमकथा वाचन गरिएको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल लगायतको अभिनय छ । फिल्मलाई रामबाबु गुरुङले निर्माण गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.