सुचना, समाचार र मनोरन्जन
jaar

दर्शकको अनुमान झुक्याउने दीपकराज गिरीको तस्बिर,जुन दिनभर चर्चाको विषय बन्यो

काठमाडौं :

नेपालमा सुपरहिट फिल्म आफ्ना दर्शकलाई दिदै आएका निर्माता तथा अभिनेता दीपकराज गिरीले आगामी दशैंमा पनि नयाँ फिल्म दिने संकेत गरेका छन्। जुन संकेत आज दिनभर चर्चाको विषय बन्यो।

उनले नयाँ फिल्म ‘वडा नम्बर ६’को सिक्वेल दिन लागेका हुन् कि ‘छक्कापञ्जा’को पाँचौं श्रृंखला भन्नेमा उनका फ्यानहरु अनुमान लगाउँदै बसे। केहि दिन अघि उनले फिल्म ‘वडा नम्बर६’को सिक्वेलको घोषणा गरेका थिए। सोही अनुसार केहि दर्शकले दीपक ‘वडा नम्बर ६’ को सिक्वेलमा जुटेको अनुमान लगाए।

तर, उनले भने धेरै आफ्ना फ्यानहरुको अनुमानलाई एउटामा भने प्रष्ट पारिदिएका छन्। उनले आफूहरु मानसिक रुपमै पाँचौं सिक्वेल ल्याउने योजनामा लागेको जानकारी दिएका छन्।

दीपकले साथीभाईको सुझाव अनुसार आफुहरुले चाडपर्वको अवसरमा फिल्म ‘छक्का पञ्जा ५’को काम थालेका हुन। उनले अहिले काम भइरहेको स्क्रिप्टलाई पाँचौं सिक्वेल बनाउँदा मिल्ने खाल्को समेत देखिएको बताए। उनले आइतबार बिहान दुबईमा खिचिएको एक तस्विर सेयर गर्दै ‘छक्कापञ्जा श्रृंखलामा अभिनय गरेको भुमिका राजाको चरित्र झल्को दिएको छ ।

Leave A Reply

Your email address will not be published.