काठमाडौं :
‘कौन बनेगा करोडपति १५’को अन्तिम श्रृंखलामा बलिउड अभिनेता अमिताभ बच्चन भावुक बने। उनी अन्तिम एपिसोडको छायांकन गर्ने क्रममा उनी भावुक बनेका हुन्।
सुटिङको सिजनको अन्तिम एपिसोडमा टुंग्याउनुअघि ‘शुभरात्री’ भनिएको थियो। जहाँ उनी भकानिएर तरर आँसु झारेका छन्। जुन भिडियोमा देख्न सकिन्छ।
केबीसीबाट अमिताभको अन्तिम बिदाइ हो भन्ने सोचेर पनि होला उनका फ्यानहरुले निर्क टेन्सन ब्यहोरेका छन् । उनका कमेन्टमा अधिकांशले अमिताभलाई सम्झाएका छन्।
यो अन्तिम एपिसोडमा अविनाश भारती र शीला देवी देखिएका छन् भने फाइनलमा विद्या बालन, शर्मिला टैगोर र सारा अली खानको उपस्थिति रहेको थियो।
सोमबार देखि शुक्रबार राति ९ बजे ‘कौन बनेगा करोडपति १५’ सोनी टिभीमा प्रसारण हुँदै आएको छ। यो समाचार भारतिय मिडिया फ्रि प्रेस जर्नलमा प्रकाशित छ।