सुचना, समाचार र मनोरन्जन

रेस्टुरेन्ट व्यवसायमा लागे अभिनेता प्रदीप खड्का

काठमाडौं :

अभिनेता प्रदीप खड्का पनि रेस्टुरेन्ट व्यवसायमा लागेका छन्। कोरोना महामारीपछि अभिनेत्री पूजा शर्मा लगायत थुप्रै कलाकार विभिन्न व्यवसायमा लागेका छन्।

Pach Pandav

अंग्रेजी नयाँ वर्षको अवसर पारेर नयाँ छिमलका चल्तीका अभिनेता प्रदीप खड्का पनि रेस्टुरेन्ट मालिक बनेका हुन् । उनले काठमाडौंस्थित गैरीधारामा उनले ‘प्याराडाइज गार्डेन रेस्टुरेन्ट’ सञ्चालनमा ल्याएका छन् ।

उनले रेस्टुरेन्ट सञ्चालनको प्रचारप्रसारका लागि आज साँझ ‘न्यू इयर इभ २०२४’ कार्यक्रम राखेका छन्। अहिले उनको रेस्टुरेन्टमा आफ्ना फ्यानहरुसँग प्रत्यक्ष रुपमा साक्षात्कारको कार्यक्रम राखेका छन्। २ करोडमाथिको लगानीमा खोलेको रेस्टुरेन्टमा उनका केही पार्टनर पनि रहेको बताइएको छ। प्रदीप पछिल्लो फिल्म ‘पूजार सार्की’,‘ऐरी’ र ‘एक्टर’मा काम समेत तयारीमा रहेका छन्।

Leave A Reply

Your email address will not be published.