काठमाडौं :
निर्देशक दीपेन्द्र के. खनालले आफ्नो जन्मदिनमा आफु निर्देशित फिल्म ‘के घर के डेरा : घर नम्बर २’को प्रदर्शन मिति सारेका छन्। आगामी जेठ ९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्मलाई एक साता अगाडि नै सारेका छन्। उनले आफ्नो जन्मदिनको अवसर पारेर बिहिबार फिल्मलाई जेठ २ गतेबाट नै प्रदर्शनमा आउने जानकारी दिएका हुन्।
यस फिल्ममा आर्यन सिग्देल र खगेन्द्र लामिछाने,निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे लगायतको अभिनय रहेको छ। ‘कर्नाली ब्लुज’, ‘एक्लो’, ‘फिरफिरे’ जस्ता उपन्यासकार बुद्धि सागरको रहेको यस फिल्ममा कृष्णबहादुर थापाको छायांकन रहेको छ।