काठमाडौं :
नेपाली दर्शकले अभिनेता विपिन कार्कीलाई सोझो र फरक फरक भुमिकामा देख्दै आएका छन्। उनलाई कसैले एक्सनमा आउन सक्छन् भन्नेमा कल्पना भन्दाको बाहिरको कुरा थियो। अब भने उनी एक्सनका साथ फिल्म ‘कर्मा’मा देखिदैछन्। यही चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कर्मा’को ट्रेलर यहीँ देखिन्छ। काठमाडौंमा बिहीबार एक कार्यक्रम आयोजना फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो। जहाँ विपिन फरक अवतारमा प्रस्तुत भएका छन्।
ट्रेलरमा सिनेमाका मुख्य कलाकार अटाएका छन्। विपीन कार्की, उपासना सिंह ठकुरी,मुकुन भुसाल,सरिता गिरीलगायत कलाकार अटाएको ट्रेलरमा एक्सनले प्रधानता पाएको छ। सार्वजनिक ट्रेलरमा भ्रष्ट समाजले एक निर्दोष र सिधा युवालाई कुन हदसम्म पुर्याउँछ भन्ने देखाएको छ। आफ्नो उद्देश्य प्राप्तिका लागि हिँडेको युवा कसरी परिवन्धमा परेर गुण्डागर्दी र प्रहरीको कष्टडीसम्म पुग्छ भन्ने ट्रेलरमा समावेश छ।
प्रेमसँगै आमाको आशिवार्द र निर्दयी समाजको कथा सिनेमाको ट्रेलरले संकेत गरेको छ। विपीनलाई एक्सनमा उतारेका निर्देशक सौरभ चौधरीले एक्सनको जगमा बसेर पैसा र पावरका लागि मरिहत्ते गर्ने समाजको कथा भन्ने प्रयास गरेका छन्। ‘कर्मा’मा विपीन, उपासना मुकुन र सरितासँगै दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ।
नेपाल र विदेशमा यो फिल्म एकसाथ प्रदर्शन हुनेछ। एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ड्रामा,सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ। सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन्। ‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ। यो फिल्ममा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी,श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ।
तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफएक्स,उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर,विजय बश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन्। आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ। निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो।
काठमाडौं : नेपाली दर्शकले अभिनेता विपिन कार्कीलाई सोझो र फरक फरक भुमिकामा देख्दै आएका छन्। उनलाई कसैले एक्सनमा आउन सक्छन् भन्नेमा कल्पना भन्दाको बाहिरको कुरा थियो। अब भने उनी एक्सनका साथ फिल्म ‘कर्मा’मा देखिदैछन्। यही चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कर्मा’को ट्रेलर यहीँ देखिन्छ। काठमाडौंमा बिहीबार एक कार्यक्रम आयोजना फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो। जहाँ विपिन फरक अवतारमा प्रस्तुत भएका छन्।