काठमाडौँ,
प्रधानमन्त्रीको शपथ लिने तयारीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को निजी सुरक्षा अधिकृत (पीएसओ)मा नेपाल प्रहरीका डीएसपी दिपेश बस्याललाई नियुक्त भएका छन् ।
शाहको सचिवालयले दिएको जानकारी अनुसार बस्याल पीएसओ नियुक्त भएका हुन् ।
बालेनले आज दिउँसो १२ः३४ बजे प्रधानमन्त्रीको शपथ लिने तयारी छ । आजै मन्त्रीमण्डल विस्तार गर्ने तयारी भए पनि मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाइएको छैन ।