
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘मातृभूमि : मे वार रेस्ट इन पीस’को ट्रेलरमै देखियो सलमान खान र नेपालका अनुप बिक्रमको धकेलाधकेल
- ‘हिमालयन गोल्ड’निर्देशक धिरज राजवंशी भन्छन्,‘मलाई लाग्छ यो कथा अहिलेसम्म कसैले फिल्ममा भनेका पनि छैनन्’
- राष्ट्रपति पौडेलद्वारा भाइटीका ग्रहण
- भाइटीकाको दिन काठमाडौँ उपत्यकामा असिनासहित वर्षा
- रानीपोखरीमा भाइटीका लगाउनेको भिड
- प्रधानमन्त्रीद्वारा नेपाल संवत्को शुभकामना
- देउसीभैलोमा आधुनिकताको प्रभाव, मौलिक संस्कृति ओझेलमा
- मुखबाट कागको आवाज निकालेर रमेश दुलालले भेला पारे सयौँ काग
- तिहारको माहोलमा हेनी बेकरको ‘जाउ है’, बिधानको परिकल्पनामा बन्यो आकर्षक भिडियो
- गायनमा फर्किइन् विष्णु माझी,बसन्त थापाको अर्काे सहकार्यमा ‘फूल प्याउलीको’ गीत रिलिज
सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल
सुनसरी,
सङ्घीय संसद्, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुने बताउनुभएको छ ।
आज इटहरीमा सीप तथा रोजगार मेलाको उद्घाटन गर्दै रोजगारीबाट मात्र मुलुकको अर्थतन्त्रको जग बलियो हुने धारणा राख्नुभएको छ ।
उहाँले युवालाई रोजगारी खोज्ने जनशक्तिका रूपमा मात्र नभई सीपयुक्त, उत्पादनशील र रोजगारी सिर्जना गर्नसक्ने जनशक्तिका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

आन्तरिक श्रमबजारको माग र उपलब्ध जनशक्तिको सीपबीच पर्याप्त तालमेल हुन नसक्दा युवा रोजगारीका लागि विदेशिनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा मेलाको शुभारम्भ गरिएको थियो । कार्यक्रममा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति थियो । युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा, भोलिको उद्यमी सार्क संवाद’ विषयमा विशेष प्यानल छलफल सञ्चालन गरिनेछ ।
मेलाको मुख्य उद्देश्य युवाको सीप पहिचान गरी रोजगारदाता तथा तालिम प्रदायक संस्थासँग प्रत्यक्ष सम्पर्क स्थापित गराउनु रहेको छ । आज दिउँसो १२ः०० बजेदेखि ५ः०० बजेसम्म तालिमका सहभागी छनोट, प्रशिक्षार्थी समूह विभाजन, रोजगार मिलानका लागि सीप प्रोफाइलिङ तथा रोजगारदाता र तालिम प्रदायकसम्बन्धी सूचना तथा परामर्श सेवा सञ्चालन गरिनेछ ।
असोज १५ देखि १९ गतेसम्म १० वटा विभिन्न विषयगत क्षेत्रमा पाँचदिने व्यावहारिक तालिम सञ्चालन हुने आयोजकले जनाएको छ । मेला अवधिभर प्रदर्शनी स्टल, सूचना तथा परामर्श सेवा, रेफरल सुविधा, रोजगार मिलान तथा उद्यमशीलतासम्बन्धी छलफल निरन्तर सञ्चालन हुनेछन ।