सुचना, समाचार र मनोरन्जन

डुलुवाद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ८६ हजार सहयोग

पोखरा :

पोखराका पर्यटनकर्मी युवाहरूको समूह ‘डुलुवा’ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा १ लाख ८६ हजार ७ सय २३ रुपैयाँ सहयोग गरेको छ। विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले डुलुवा समूहले रकम प्रदान गरेको समूहका सचिब ठाकुरप्रसाद बरालले जानकारी दिए ।

राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा अहिले सम्म १२ अर्ब ६३ करोड ९२ लाख ५७९ रुपैयाँ मौज्दात रहेको छ।कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा ९ अर्ब ३२ करोड ६७ लाख ८२ हजार २३५ रुपैयाँ मौज्दात छ। यस्तै, दुई वटा वाणिज्य बैंकमा २ करोड १८ लाख ९ हजार ४४४ अमेरिकी डलर मौज्दात रहेको छ। बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यस कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ।

उनले विपतकाको बेला सबै मिलेर सहयोग गरेमा सरकारलाई पनि सहयोग हुने बताए । यात्राका क्रममा सामाजिक काम गर्दै आएको डुलुवाका अध्यक्ष योगेश भट्राईले जानकारी दिए । उनले यात्राका क्रममा विभिन्न विद्यालयहरुमा आवश्यक शैक्षिक सामग्री दिने गरेको उनको भनाई छ ।

‘डुलुवा’ पोखराका पर्यटनकर्मी युवाहरूको समूह हो। सन् २००८ देखि प्याराग्लाइडिङ तथा पर्यटन व्यवसायमा आबद्ध युवाहरूले मिलेर नेपालका विभिन्न पर्यटकीय स्थलको भ्रमण सुरु गरेका थिए। सोही समूहलाई सन् २०२० मा औपचारिक रूपमा ‘डुलुवा’ नामकरण गरिएको थियो । स्थापनाको १५ वर्षमा डुलुवा समूहले नेपालका ७२ जिल्ला भ्रमण गरिसकेको उनले बताए । समूहले भारतको कश्मिर हुदै लद्दाख, त्यसै गरी कास्कीकोटबाट कन्याकुमारीसम्मको यात्रा गरिसकेको छ । पछिल्लो समय डुलुवा टोलीले ‘हुम्ला अन्तिम उपत्यका अभियान’ नाम दिएर यात्रा गरेको थियो ।

यात्राका क्रममा डुलुवा समूहले निर्माण गरेको ‘द नर्देन वाल’ भिडियोले ‘वी विल राइज फाउन्डेसन’ र नेपाल टेलिभिजनद्वारा आयोजित भिडियो प्रतियोगिताको उपाधि जितेको थियो। प्रतियोगितामा ‘मोस्ट एनर्जेटिक भिडियो मेकर’ अवार्ड पनि डुलुवाकै ‘मेरो गाउँ तक्सेरा’ भिडियोले प्राप्त गरेको छ । डुलुवाले नेपाल र पोखरा प्रमोसनका भिडियोहरु पनि निमार्ण गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.