सुचना, समाचार र मनोरन्जन
Pdms

डुम्रे–बेसीशहर–चामे सडक खण्डमा राति सवारी चलाउन रोक

काठमाडौँ,

मनसुनजन्य विपद्‍बाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर राख्दै डुम्रे(बेसीशहर–चामे सडक खण्ड अन्तर्गत बेसीशहरदेखि मनाङको सिमानासम्मको सडक खण्डमा रातिको समयमा अत्यावश्यक बाहेकका सवारीसाधन चलाउन रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय लमजुङले बिहीबार सूचना जारी गर्दै २५ असारदेखि साउन मसान्तसम्म साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएको जनाएको हो ।

जिल्ला सुरक्षा समिति लमजुङको २४ असारमा बसेको बैठकले यस वर्षको मनसुनजन्य विपद्‍बाट हुनसक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस्तो निर्णय गरेको हो ।

उक्त सडक खण्ड पहिरोको बढी जोखिम रहेकोले यस्तो निर्णय गर्नु परेको प्रशासनले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.