सुचना, समाचार र मनोरन्जन

त्रिविको वार्षिक साधारणसभा– ६३औं ग्रेस लिस्ट पारित

काठमाडौँ,

त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा उत्तीर्ण भएका ८९ हजार एक सय ९१ विद्यार्थीसहितको ६३औं ग्रेस लिस्ट पारित गरेको छ ।

प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न बैठकले रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेस लिस्ट पारित गरेको हो । बैठकमा आर्थिक वर्ष २०८२÷८३ का लागि बजेट तथा कार्यक्रम प्रस्तुत भएको छ ।

कुलपति ओलीले विश्वविद्यालयलाई २१औं शताब्दीको समय सुहाउँदो प्रतिस्पर्धी र सक्षम विश्वविद्यालयका रूपमा स्थापित गर्न आग्रह गरे ।

सहकुलपति एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय संकल्प पूरा गर्न शिक्षा क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने भएकाले विश्वविद्यालयले त्यस अनुसार काम गर्नुपर्नेमा जोड दिए ।

नवनियुक्त उपकुलपति प्रा.डा दीपक अर्यालले विश्वविद्यालयमा कुल विद्यार्थीको कम्तीमा एक प्रतिशत (झन्डै चार हजार) विदेशी विद्यार्थी हुने गरी लाग्नुपर्ने बताए ।

Leave A Reply

Your email address will not be published.