सुचना, समाचार र मनोरन्जन

दुर्गा प्रसाईले सार्वजनिक गरे कालो सुचिमा नरहेको व्यहोरा

काठमाडौं :

मेडिकल व्यवसायी दुर्गा प्रसाई यहि मंसिर ७ गते हुने राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानमा होमिएका छन्। उनको पक्षमा हजारौ नेपाली नागरिक उभिएका छन्। उनलाई बेला बेलामा अनेक आरोप समेत लाग्दै आएको छ। उनले कसरी सम्पती जोडे भन्ने बारेमा सम्पती शुद्धिकरण अनुसन्धान विभागमा समेत उजुरी परेको थियो।

व्यवसायी प्रसाईलाई विरुद्ध २०७६ सालमा सम्पती शुद्धिकरणको उजुरी परेको थियो। तर,प्रसाईले सम्पती शुद्धिकरण उजुरीमा आफु कतै पनि कालो सुचिमा नरहेको कुरा सार्वजनिक गरेका छन्। उनले हालै आफ्नो बारेमा जानकारी दिएका हुन्। यति बेला प्रसाई विरुद्ध अनेक लान्छना लाग्दै आएको छ। तर,उनी निडरका साथ आफ्नो अभियान सफल बनाउन लागि परेका छन्। केहि दिन अघि आफ्ना अभियन्ताहरुलाई देश बचाउनका लागि काठमाडौंमा निर्णाक आन्दोलन गर्नुका लागि आह्वान गरेका थिए। सोही बमोजिम यतिबेला ७७ वटै जिल्लामा काठमाडौं आउने गाडीको व्यवस्था गरिएका छन्।

प्रसाईले भनेका छन्,‘ मंसिर ७ गते राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान घोषणा गरेको छु। तपाईहरु सामेल हुनु अति आवश्यक छ।’
देश दौडाहामा रहेका प्रसाई आफ्नो अभियान सफल पार्न ७ गते लाखौ मान्छे काठमाडौँमा उतार्न दलबलका साथ लागि परेका छन्। उनको आन्दोलनको घोषणालाई तुहाउनका लागि नेकपा एमालेका भातृ संगठन युवा संघ पनि विरोध सभामा ओर्लिन लागि परेको छ। शनिबार केपी शर्मा ओलीले शान्ती पुर्ण आन्दोलन गर्न समेत निर्देशन दिइसकेका छन्।

Leave A Reply

Your email address will not be published.