सुचना, समाचार र मनोरन्जन

गरिव र असहायको मुद्धा बोकेको फिल्म ‘देववाणी’ हेर्न हलमै पुगे दुर्गा प्रसाई

काठमाडौँ :

फिल्म देववाणीको यूनिटले मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईले प्रदर्शनरत फिल्म ‘देववाणी’हेरेको छन्। आइतबार उनले काठमाडौँस्थित केएल टावरमा रहेको फिल्म हलमा फिल्म हेरेका हुन्।

Pach Pandav

दुर्गाले गरिव र असहायको मुद्धा बोकेको र फिल्म देववाणीले पनि सोही प्रकृतिका समाजमा घटेका अन्याय र अत्याचारका विषयलाई उठाएको भन्दै फिल्मको निर्माण यूनिटले व्यवसायी दुर्गासँग भेटवार्ता गरेको थियो। निर्देशक बाबु बलामी,फिल्मकी निर्मात्री तथा नायिका अनुजा लेप्चा लगायतको टिमले प्रसाईलाई भेटर फिल्म हेर्न आग्रह गरेका थिए। सोहीअनुसार प्रसाईले आइतबार चाबहिलमा रहेको केल टावरमा दिउँसो २ बजेको शो हेरेका हुन्।

बुधबारबाट सार्वजनिक प्रर्दशनमा आएको फिल्मलाई दर्शकले साथ दिइरहेको निर्माण यूनिटले जनाएको छ। नेपाली र हिन्दी भाषामा निर्माण गरिएको यो फिल्मको प्रचार प्रसारका लागि बलिउड अभिनेताद्वोय ह्यारी जोश र कुन्दन भारद्वाज काठमाडौं आएका छन्।

ह्यारी जोशले भारतीय फिल्म वान्टेड, वेलकम, धुम २, सिंह इज ब्लिङलगायतमा काम गरिसकेका छन्। मौसम फिल्म्स प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा सुनिल थापा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलको समेत अभिनय छ।

Leave A Reply

Your email address will not be published.