झापा :
झापाको बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धु टी–ईस्टेट अगाडि आज बिहान सगरमाथा यातायातको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
विराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको बस दुर्घटनामा परी सुनसरी, इटहरी–११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र बसका सहचालक मोरङ, रङ्गेली–२ का ४२ वर्षीय राजकुमार चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
घाइते १३ जनाको बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा उपचार भइरहेको छ। सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि फरार भएका बस चालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ।