सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्री कार्कीले भेटिन् जेनजी आन्दोलनमा मृत्यु भएकाको परिवार

काठमाडौँ,

प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयादशमीमा जेनजी आन्दोलनमा मृत्यु भएकाहरूको परिवारलाई भेटेकी छन् ।

आज प्रधानमन्त्री कार्कीले आन्दोलनमा मृत्यु भएका तीन जनाको परिवारलाई भेट्दै छिन् ।

जसअनुसार कार्कीले सुरुमा बागलुङ घर भई काठमाडौँको वनस्थली बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठको परिवारलाई भेटेकी छन् ।

त्यस्तै नागर्जुन-३ की मृतक कान्छी नगरकोटीको परिवार र कीर्तिपुरस्थित मैत्रीनगरमा मृतक बुद्धिबहादुर तामाङको परिवारलाई पनि भेट्ने सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीसँग सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि देखिएका थिए ।

Leave A Reply

Your email address will not be published.