सुचना, समाचार र मनोरन्जन

अमेरिकी टुरमा गायक दुर्गेश थापा, १२ सहरमा प्रस्तुति

काठमाडौं :

गायक दुर्गेश थापाको अमेरिकी सांगीतिक टुर घोषणा गरिएको छ। अक्टोबरदेखि नोभेम्बरसम्म हुने टुरअन्तर्गत उनले अमेरिकाका १२ सहरमा प्रस्तुति दिने कार्यक्रम तय भएको आयोजकले जानकारी दिएका छन्।

कार्यक्रमअन्तर्गत दुर्गेशले टेक्सासको अस्टिन, न्यूयोर्क, पेन्सिलभेनियाको पिट्सबर्ग, भर्जिनियाको मनासास, मेरिल्याण्डको बाल्टिमोर, कोलम्बसको ओहायो, कोलोराडोको डेनभर, जर्जियाको एटलान्टा, क्यालिफोर्नियाको सनफ्रान्सिस्को र लस एन्जलस, साथै टेक्सासको डालसमा प्रस्तुति दिनेछन्।

अमेरिकी टुरको आयोजना पाण्डे होम्स, एकेबी कम्पनी र आरएनआर ग्रुप्सले गर्नेछन्। आयोजकले दुर्गेशको प्रस्तुतिले अमेरिकामा रहेका नेपाली समुदायलाई सांगीतिक माहोलमा जोड्ने अपेक्षा गरेका छन्।

Leave A Reply

Your email address will not be published.