सुचना, समाचार र मनोरन्जन

कलाकारले लगाए विजयादशमीको टीका, सामाजिक सञ्जालमा तस्बिर सेयर

काठमाडौं :

विजयादशमीको अवसरमा बिहीबार नेपाली कलाकारहरूले मान्यजनबाट टीका ग्रहण गरेका छन्। टीका लगाइसकेपछि उनीहरूले सामाजिक सञ्जालमार्फत शुभकामना सहितका फोटो र भिडियो सेयर गरेका छन्।

देशमै रहेका कलाकारहरूले परम्परागत ढंगमा टीका तथा जमरा ग्रहण गरेका छन् भने विदेशमा रहेका कलाकारले भने आफु बसेको मुलुकको शुभसाइत समयअनुसार टीका लगाउने तयारी गरेका छन्।

बिहीबार नेपालमा विजयादशमी मनाइँदै गर्दा कलाकारदेखि सर्वसाधारणसम्म धार्मिक आस्था र पारिवारिक सद्भावका साथ पर्व मनाइरहेका छन्।

Chaka Panja

Leave A Reply

Your email address will not be published.