काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूका परिवारसँग भेट्न जाने भएकी छिन्।
जेनजी आन्दोलन र त्यसमा धेरै युवाहरूले ज्यान गुमाएको भन्दै यस पटकको दशैँमा टीका नलगाउने घोषणा गरेकी प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूका परिवारका सदस्यहरू सँग भेट गर्ने भएकी हुन।
प्रधानमन्त्रीले आज अपराह्न सौरनकिशोर श्रेष्ठ, कान्छी नगरकोटी र बुद्धिबहादुर तामाङका परिवारजनसँग भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री कार्की स्वर्गीय श्रेष्ठ, नगरकोटी र तामाङका शोकाकुल परिवारजनलाई भेट्न उनीहरूका परिवार रहेका स्थान क्रमशः काठमाडौं महानगरपालिका–१६ वनस्थली, नागार्जुन नगरपालिका–३ र कीर्तिपुर नगरपालिका–२ मैत्रीनगर पुग्ने कार्यक्रम छ।