सम्पादकिय/
चिसो मौसम हरेक वर्ष आउने निश्चित प्राकृतिक प्रक्रिया हो । तर, यसको प्रभावलाई न्यून गर्न समयमै प्रयास आवश्यक छ । सरकारले जनसरोकारका विषयलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम प्रभावकारी ढङ्गले लागू गर्नु आवश्यक छ ।
ऋतु परिवर्तनसँगै जाडोयामको चिसो हरेक वर्ष आउने नियमित प्राकृतिक चक्र हो । तापमान तल झर्दै गर्दा पुस र माघको कठ्याङ्ग्रिने चिसोले नेपालजस्तो हिमाल, पहाड र तराईले भरिएको मुलुकमा जनजीवनलाई ठूलो प्रभाव पार्छ । हिउँदका दिनमा शीतलहर, हिमपात र वायु प्रदूषणले बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीको जीवन थप कष्टकर बनाउँछ । चिसोको यो चक्रलाई सहन सकिने बनाउने प्रयास भने हरेक तहबाट अझै कमजोर देखिन्छ । नेपालको भूगोलका कारण हिउँदमा चिसो बढ्नु प्राकृतिक बाध्यता हो । तर, यसको प्रभावलाई व्यवस्थापन गर्न सकिने उपायहरूलाई समयमै लागू गर्न नसक्दा यो मौसम विपन्न वर्ग र ग्रामीण समुदायका लागि विशेष रूपमा चुनौतीपूर्ण बन्दै गएको छ । हिमाली क्षेत्रहरूमा पानी जमेर बरफ बन्ने, पहाडमा चिसो हुने साथै तराईमा शीतलहर चल्ने र न्यानो नानाको अभावले जनजीवन प्रभावित गर्छ । पहाडी क्षेत्रका मानिसहरू चिसो छल्न तल झर्ने परम्परालाई पछ्याउँछन् भने तराईमा शीतलहरले दिनभर नै कठ्याङ्ग्रिने चिसो बनाउँछ ।
सहरी क्षेत्रमा इँटाभट्टा, सिमेन्ट उद्योग, र सवारीसाधनको इन्धन खपतका कारण प्रदूषणको समस्या जटिल बनेको छ । विज्ञहरूका अनुसार, जाडोयाममा कार्बन मोनोअक्साइड र नाइट्रोजन अक्साइडको उत्सर्जन बढ्ने हुँदा स्वच्छ हावाको अभाव गम्भीर चुनौती बनेको छ । यसले श्वासप्रश्वाससम्बन्धी रोग, दम, उच्च रक्तचाप र हृदयाघातजस्ता समस्याको जोखिम बढाएको छ ।
जाडोयाममा वायु प्रदूषण झनै गम्भीर समस्या बनेर देखा पर्छ । परम्परागत इन्धन प्रयोग गर्ने प्रचलन अझै उच्च छ । दाउरा, गुइँठा र प्लास्टिक बालेर न्यानो ताप्ने चलनले वातावरणीय प्रदूषणमा वृद्धि भएको छ । भारतको हरियाणा र उत्तर प्रदेशबाट बालेको परालको धुवाँसमेत पश्चिमी वायुका कारण नेपालमा प्रवेश गर्दा हावामा सूक्ष्म कण र विषाक्त ग्यासको मात्रा थपिन्छ । सहरी क्षेत्रमा इँटाभट्टा, सिमेन्ट उद्योग, र सवारीसाधनको इन्धन खपतका कारण प्रदूषणको समस्या जटिल बनेको छ । विज्ञहरूका अनुसार, जाडोयाममा कार्बन मोनोअक्साइड र नाइट्रोजन अक्साइडको उत्सर्जन बढ्ने हुँदा स्वच्छ हावाको अभाव गम्भीर चुनौती बनेको छ । यसले श्वासप्रश्वाससम्बन्धी रोग, दम, उच्च रक्तचाप र हृदयाघातजस्ता समस्याको जोखिम बढाएको छ ।
चिसोयाममा रक्तचाप, मधुमेह, र मुटुरोगजस्ता समस्या भएका व्यक्तिहरूमा स्वास्थ्य जोखिम झनै बढ्ने गर्छ । निद्रामा सास रोकिने समस्या, जसलाई ‘स्लीप एप्निआ’ भनिन्छ, यस्तो जोखिमलाई थप जटिल बनाउने प्रमुख कारणमध्ये एक हो । स्लीप एप्निआका कारण रातभर सास रोकिँदा शरीरमा अक्सिजनको मात्रा घट्न जान्छ, जसले हृदयाघात, मस्तिष्काघात र अन्य घातक अवस्थालाई निम्त्याउँछ । विशेषगरी जाडो महिनामा हृदयाघात र मस्तिष्काघातका घटना बढ्ने चिकित्सकीय तथ्यले पनि यो मौसमलाई थप संवेदनशील बनाएको छ ।
जाडोयाम सुरु भएपछि चिसोले गर्दा मानिसको स्वास्थ्यमा देखिने असर र यसले निम्त्याउने समस्याहरूको विषयमा हरेक वर्ष चर्चा चलिरहन्छ । पछिल्ला दिनमा विशेषगरी सुतेकै अवस्थामा मृत्यु भएका घटनाहरूले थप चासो र चिन्ता बढाएको छ । चिकित्सकहरूले यसलाई हल्का रूपमा नलिन सुझाव दिँदै जाडोयाममा स्वास्थ्य सुरक्षाका लागि सावधानी अपनाउनुपर्ने बताउँदै आएका छन् । चिसोयाममा रक्तचाप, मधुमेह, र मुटुरोगजस्ता समस्या भएका व्यक्तिहरूमा स्वास्थ्य जोखिम झनै बढ्ने गर्छ । निद्रामा सास रोकिने समस्या, जसलाई ‘स्लीप एप्निआ’ भनिन्छ, यस्तो जोखिमलाई थप जटिल बनाउने प्रमुख कारणमध्ये एक हो । स्लीप एप्निआका कारण रातभर सास रोकिँदा शरीरमा अक्सिजनको मात्रा घट्न जान्छ, जसले हृदयाघात, मस्तिष्काघात र अन्य घातक अवस्थालाई निम्त्याउँछ । विशेषगरी जाडो महिनामा हृदयाघात र मस्तिष्काघातका घटना बढ्ने चिकित्सकीय तथ्यले पनि यो मौसमलाई थप संवेदनशील बनाएको छ । डा. भगवान कोइरालाका अनुसार चिसोका कारण रक्तचाप बढ्दा हृदयाघातको सम्भावना धेरै हुने गरेको छ ।
जाडोयाम आफैँमा चुनौतीपूर्ण भए पनि सावधानी अपनाएर यसको जोखिमलाई कम गर्न सकिन्छ । सरकार, स्वास्थ्य संस्थाहरू र व्यक्तिगत स्तरमा हुने सचेतना कार्यक्रमहरूले जनसाधारणलाई यस विषयमा थप जानकारी दिन सक्छ । जाडोमा सुतेकै अवस्थामा हुने अप्रिय घटनाबाट बच्न, जीवनशैली सुधार, समयमै स्वास्थ्य परीक्षण र सही उपचारका उपायहरू अवलम्बन गर्नु नै दीर्घकालीन समाधानको बाटो हो ।
चिसोमा स्वास्थ्य जोखिमबाट जोगिनका लागि केही उपायहरू अनिवार्य रूपमा लागू गर्न सकिन्छ । न्यानो कपडाको प्रयोग गर्नुका साथै झ्यालढोका बन्द गरेर अक्सिजनको पहुँचलाई सीमित गर्न नहुने । मधुमेह, उच्च रक्तचाप वा मुटुरोग भएका व्यक्तिहरूले नियमित रूपमा चिकित्सकसँग परामर्श लिनुपर्ने । मदिराको सेवन कम गर्दै सन्तुलित खानपानमा ध्यान दिनुपर्ने । घुराइ, सास रोकिने समस्या वा थकान महसुस भएमा तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्ने । चिसो र प्रदूषणले निम्त्याउने समस्याको समाधान गर्न सामूहिक प्रयास आवश्यक छ । परम्परागत इन्धनको सट्टा हरित ऊर्जाको प्रयोगलाई प्रवद्र्धन गर्नुपर्छ । हिउँदमा वायु प्रदूषण कम गर्न जैविक फोहोरको जलाउने प्रचलनलाई निरुत्साहित गर्दै दीर्घकालीन वातावरणीय नीति लागू गर्नुपर्छ । सरकारले विपन्न वर्गलाई न्यानो कपडा र इन्धनको व्यवस्था सुनिश्चित गर्दै दीर्घरोगी र वृद्धवृद्धाको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्छ । सामुदायिक स्तरमा सचेतना कार्यक्रम सञ्चालन गरी चिसोसँग जुध्न अपनाइने उपायबारे जानकारी दिनु आवश्यक छ । हिउँदका दिनमा स्वस्थ र सुरक्षित रहन न्यानो नाना, तातो खाना र स्वच्छ वातावरणलाई प्राथमिकता दिनुपर्छ ।
जाडोयाम आफैँमा चुनौतीपूर्ण भए पनि सावधानी अपनाएर यसको जोखिमलाई कम गर्न सकिन्छ । सरकार, स्वास्थ्य संस्थाहरू र व्यक्तिगत स्तरमा हुने सचेतना कार्यक्रमहरूले जनसाधारणलाई यस विषयमा थप जानकारी दिन सक्छ । जाडोमा सुतेकै अवस्थामा हुने अप्रिय घटनाबाट बच्न, जीवनशैली सुधार, समयमै स्वास्थ्य परीक्षण र सही उपचारका उपायहरू अवलम्बन गर्नु नै दीर्घकालीन समाधानको बाटो हो । चिसोसँग जुध्न सचेत र जिम्मेवार बन्न सकियो भने यस्ता घटनाहरूबाट जोगिन सकिनेछ । चिसो मौसम हरेक वर्ष आउने निश्चित प्राकृतिक प्रक्रिया हो । तर, यसको प्रभावलाई न्यून गर्न समयमै प्रयास आवश्यक छ । सरकारले जनसरोकारका विषयलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम प्रभावकारी ढङ्गले लागू गर्नु आवश्यक छ । चिसो मौसमलाई सहज र सुरक्षित बनाउन सबै तहबाट सहकार्यको खाँचो छ । चिसोमा विशेष सजगता अपनाउँदै साना तर प्रभावकारी कदम चाल्न सकियो भने मात्र जनजीवन सहज बनाउन सकिनेछ ।