सुचना, समाचार र मनोरन्जन
tigar

शिक्षा क्षेत्रलाई राजनीतिक दलको प्रभावबाट मुक्त गर्न क्रियाशील छु : मन्त्री भट्टराई

काठमाडौ/

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रलाई राजनीतिक दलको प्रभावबाट मुक्त गर्ने प्रयासमा आफू लागेको बताउनुभएको छ ।

शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आज काठमाण्डाैमा आयोजना गरेकाे कार्यक्रममा शिक्षामन्त्री भट्टराईले शैक्षिक क्षेत्रलाई राजनीतिबाट मुक्त गर्न आफू क्रियाशील रहेको बताउनुभयो । यसै हप्ता सम्पन्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले शैक्षिक संस्थामा बन्द, हडताल गर्न नपाइने निर्णय गरेको भन्दै उहाँले अन्य राजनीतिक दलबाट पनि यस्तै प्रतिबद्धता आएपछि शिक्षा क्षेत्र राजनीतिक प्रभावबाट मुक्त गराउन सकिने बताउनुभयो ।

sfal

शिक्षा क्षेत्रका सबै विषयलाई सम्बोधन गर्ने र संविधानले व्यवस्था गरेअनुसार आधारभूत तहको शिक्षा अनिवार्य गर्न आफू लागेको बताउँदै भट्टराले माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन प्रदेशलाई नै हस्तान्तरण गर्ने तयारीमा आफू रहेको जानकारी दिनुभयो । अब कक्षा १० र १२ को परीक्षा एउटै निकायले लिनेगरी राष्ट्रिय परीक्षा बोर्ड बनाउने र कक्षा १० को परीक्षा सञ्चालनको जिम्मेवारी सम्बन्धित प्रदेशलाई नै हस्तान्तरण गर्ने तयारीमा रहेको उहाँले बताउनुभयाे ।

यसैगरी विद्यालयको दिवा खाजामा स्थानीय उत्पादन र गुणस्तरीयता कायम गर्न पनि सरकारले काम गरिरहेको शिक्षामन्त्री भट्टराईले उल्लेख गर्नुभयाे । निःशुल्क शिक्षाको कार्यान्वयनको शुरुआत आउँदाे बजेटदेखि रजिस्ट्रेशन, बिलम्ब शुल्क र प्रमाणपत्रमा लिइने शुल्कको खारेजी गर्न लागिएको पनि उहाँले बताउनुभयो ।

मन्त्री भट्टराईका अनुसार शिक्षा र स्वास्थ्य मन्त्रालयको समन्वयमा विद्यालयमा सङ्क्रामक रोग र प्रजनन स्वास्थ्यसम्बन्धी पाठ्यसामग्री अनिवार्य गरिएको छ । विद्यार्थीले घरमा अभिभावकको निर्देशमा गरेका कामको पनि सिकाइको उपलब्धिकै रूपमा मूल्याङ्कन गरिने पनि उहाँले जानकारी दिनुभयाे ।

Leave A Reply

Your email address will not be published.