सुचना, समाचार र मनोरन्जन

प्रचार ठूलो, परिणाम शून्य: १० दिनमा १३ हजार टिकटमै सीमित

काठमाडौं :

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्सअफिस रिपोर्टअनुसार प्रदीप शाहीको लेखन तथा निर्देशनमा बनेको फिल्मले १० दिनको अवधिमा ५० लाख रुपैयाँको व्यापारसमेत गर्न सकेन। रिपोर्टअनुसार यस अवधिमा फिल्मका जम्मा १३ हजार ११ वटा टिकट बिक्री भएका छन्।

डिसेम्बर २८ तारिखमा अमेरिकाको न्युयोर्कस्थित विश्वप्रसिद्ध ‘म्युजियम अफ द मुभिङ इमेज’मा ऐतिहासिक प्रिमियर गरिएको यो फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली र सुरजसिंह ठकुरी लगायत कलाकारहरूको अभिनय रहेको छ। फिल्ममा बेलायती अभिनेता जेमी बेकनको पनि महत्त्वपूर्ण भूमिका छ। एनआरएन समूहको लगानीमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्।

Chaka Panja

यता, अर्जुन घिमिरे ‘पाँडे’को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ले भने बक्सअफिसमा १ करोड रुपैयाँको आँकडा पार गरेको छ। चलचित्र विकास बोर्डका अनुसार फिल्मले हालसम्म १ करोड १२ लाख ३८ हजार रुपैयाँ आम्दानी गरेको छ।

पुस ४ गतेदेखि प्रदर्शनमा आएको उक्त फिल्म हाल चौथो सातामा प्रदर्शनरत छ। २२ दिनको अवधिमा फिल्मका ३५ हजार ८४२ टिकट बिक्री भएका छन्।

फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, दीपाश्री निरौला, प्रियाना आचार्य, बिमोचन दवाडी, जेसिका पोखरेल र प्रकाश घिमिरे लगायत कलाकारहरूको अभिनय रहेको छ। फिल्मका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले र्‍याप गाएका थिए भने प्रचारप्रसारमा समेत सक्रिय सहभागिता जनाएका थिए। तर, प्रचारका बाबजुद फिल्मले अपेक्षित व्यापार गर्न नसकेको बोर्डको रिपोर्टले देखाएको छ।

Leave A Reply

Your email address will not be published.