काठमाडौं :
गायिका एलिना चौहान अमेरिकाको सफल टुरपछि अब क्यानडामा गुञ्जिने भएकी छन्। उनले बुधबार औपचारिक रूपमा क्यानडाको सांगीतिक टूर घोषणा गरेकी हुन्।
अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा आयोजना हुन लागेको यो उत्तर अमेरिकी टूरलाई लिएर एलिना उत्साहित देखिएकी छन्। उनले सामाजिक सञ्जालमार्फत टूरको सम्पूर्ण तालिका सार्वजनिक गरेकी छिन्।
टूर २३ डिसेम्बरमा नायग्रा फल्स नजिकैको क्याम्ब्रिज सहरबाट सुरु हुनेछ। त्यसपछि २६ डिसेम्बरमा एडमन्टन, २७ डिसेम्बरमा क्यालगरी र ३१ डिसेम्बरमा टोरन्टोमा उनले प्रस्तुति दिने कार्यक्रम तय भएको छ।
एलिनाको क्यानडा टूरको आयोजना आँगन इभेन्ट्सले गरेको हो। यसअघि उनले एक महिनासम्म अमेरिकामा सांगीतिक टूर सम्पन्न गरेकी थिइन्।