सुचना, समाचार र मनोरन्जन

सामान्य रुपमा विवाह गरिन गायिका एलिना चौहानले

काठमाडौँ :

पछिल्लो समयकी चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छन्। उनले बुधबार बागलुङ निवासी विष्णु सापकोटासँग परम्परागत विधिबाट विवाह गरेकी हुन्।

Pach Pandav

झापा बिर्तामोडकी गायिका एलिनालाई लिन बागलुङका विष्णु हिजै जन्ती लिएर हिडेका थिए। झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा उनीहरुको दुबै तर्फका साथीभाइ,आफन्त सहभागी भएका थिए।केही वर्षको प्रेम सम्बन्धलाई एलिना र विष्णुले विवाहमा परिणत गरेका हुन्। विष्णु केही समयदेखि अस्ट्रेलिया बस्दै आएका छन्।

एक वर्ष अघि तीजको कार्यक्रममा अष्ट्रेलिया पुगेकी गायिकाले बिष्णुसँगका केहि तस्बिर र टिकटक बनाएकी थिइन्। त्यसैको आधारमा उनीहरुको प्रेम सम्बन्ध रहेको भन्दै मिडियामा गसिफ आइरहेका थिए। त्यसलाई उनीहरुले नकार्दै त कहिले स्वीकार गर्दै आइरहेका थिए। अन्तत उनीहरुबीचको बादबिवादकाबीच विवाह भएको हो।

तस्बिर सौजन्य : गोपीकृष्ण चापागाईं

Leave A Reply

Your email address will not be published.