सुचना, समाचार र मनोरन्जन

धादिङमा एमालेका नेता र कार्यकर्ताबीच कुटाकुट,एकजनाको हातै भाँचियो

काठमाडौँ :

नेकपा एमाले धादिङ जिल्ला अधिवेशनमा एक आफसमा कुटाकुट चलेपछि अधिवेशन नै स्थगित भएको छ । माघ १९ गते सुरु भएको अधिवेशनमा जिल्ला कमिटीबाट मनोनीत गर्ने नामहरूका बारेमा विवाद भएपछि कुटाकुट चलेको हो।

स्थानिय नेताका अनुसार शनिबारको बन्दसत्रमा कुटाकुट भएको हो। उक्त घटनामा एमाले कार्यकर्ता सन्तोष हात नै भाँच्चिएको छ । नेता तथा कार्यकर्ताबीच कुटाकुट चलेपछि बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले आइतबार बिहान विज्ञप्ति नै जारी गर्नु परेको छ।

जारी गरेको सुचनामा अर्को सूचना जारी नभएसम्म अधिवेशन स्थगित भएको उल्लेख गरिएको छ। अध्यक्ष ढुंगेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘माघ २० गते बन्दसत्रको सुरुवातबाटै अघिल्लो दिनभन्दा बढी असहज, आक्रामक र आतङ्कित परिस्थिति देखाप¥यो । यही क्रममा भिडन्त भई पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँच्चिएको छ।’

Leave A Reply

Your email address will not be published.