
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पोखरा जेसीजको उपाध्यक्षमा सुमन पहारीको उम्मेदवारी
- दीपकको चिरञ्जीवी भवः’बाट ‘जाले रुमाल’सार्वजनिक,गीतले गर्यो प्रेमको बखान
- हरिवंशदेखि आर्यनसम्मको अभिनय रहेको ‘पाँच पाण्डव’ भोलिदेखि प्रदर्शनमा
- एक खर्ब डलरको अर्थतन्त्र बनाउन निजी लगानी आवश्यक : वाग्ले
- Nawa Niwas: A New Way to Find a Home
- पोखरामा बीएआईसी र आर्कफक्सका नयाँ सोरुम सञ्चालनमा
- अन्तर्राष्ट्रिय फुटबलबाट क्रिस्टियानो रोनाल्डोको सन्यास घोषणा
- नेपाल पूर्वाधार सम्मेलन मंसिर २३ र २४ गते काठमाडौंमा हुने
- सेनासहित तिनै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री बालेनले लिए ब्रिफिङ
- भोटेकोशी बाढीपीडितले विद्युत् महसुल र जरिवाना तिर्नु नपर्ने
नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट
काठमाडौँ,
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको छ । आज एसिसी प्रिमियर कपको फाइनलमा स्थान बनाएसँगै नेपालले इमर्जिङ टिम्स एसिया कपमा पनि स्थान सुरक्षित गरेको हो ।
एसियन क्रिकेट काउन्सिल (एसिसी) को प्रावधानअनुसार प्रिमियर कपको फाइनल पुग्ने दुई टोली र तेस्रो हुने टोलीले इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउँछन् । नेपाल दोस्रो पटक यस प्रतियोगितामा छनोट भएको हो ।

नेपाल आसन्न संस्करणको सिनियर एसिया कपमा भने छनोट हुन बाँकी छ । यदि त्यो प्रतियोगितामा स्थान पक्का गर्ने हो भने शनिबार हुने एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई हराउनुपर्नेछ ।
नेपाल र युएईले आज भएको सेमिफाइनलमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन् । सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रन तथा युएईले हङकङलाई सात विकेटले हरायो । नेपाल दोस्रो तथा युएई तेस्रो पटक प्रिमियर कपको फाइनल खेल्ने तयारीमा छन् ।