सुचना, समाचार र मनोरन्जन

एस्याप इन्टरटेनमेन्टको ‘हेरिटेज अफ फेसन नेपाल २०२४’ सम्पन्न

पोखरा/

एस्याप इन्टरटेनमेन्टको आयोजनामा ‘हेरिटेज अफ फेसन नेपाल २०२४’ सम्पन्न भएको छ । नेपाली कला, संस्कृति र पहिचानको जीवन्त प्रदर्शनको रुपमा सफल भएको आयोजकले जनाएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

‘हाम्रो संस्कृति, हाम्रो पहिचान’ नारामा केन्द्रित
‘हाम्रो संस्कृति, हाम्रो पहिचान’ नारासहित आयोजना गरिएको यो कार्यक्रममा शीर्ष फेसन डिजाइनरहरूको सिर्जना, मोडलहरूको आकर्षक प्रस्तुति र मेकअप आर्टिस्टहरूको कलाले सबैलाई मोहित बनायो। परम्परागतदेखि समकालीन डिजाइनसम्मका विविध परिधानमा मोडलहरूले र्‍याम्पमा उत्कृष्ट प्रस्तुति दिएका थिए ।

कार्यक्रमका प्रमुख आकर्षणहरू चलचित्र ‘चित्रा’का अभिनेता सन्तोष अधिकारी र अभिनेत्री करिश्मा श्रेष्ठ शो स्टपरका रुपमा देखिएका थिए भने हेमा हमाल सिक्वेन्स स्टपर थिइन्। सुमी बनियाले कोरियोग्राफी सम्हाल्दा कृतिका अर्याल मोडल संयोजनको जिम्मेवारीमा थिइन्।

डिजाइनरहरूको प्रस्तुतिमा रोविन परियार, मिका महतो, केशी महतो, रोहित चौधरी, सजिना बिष्ट, ज्वालाराज पोखरेल, शेरोन शाही, द रोयल बहादुर शाह, र राज्यलक्ष्मीले तयार पारेका परिधानले नेपाली परम्परागत र समकालीन जीवनशैलीलाई जिवन्त बनाए।

नेपाली कला र संस्कृति प्रवर्द्धनमा ‘हेरिटेज अफ फेसन’
कार्यक्रमका संयोजक प्रतिमा थापाका अनुसार, यसभन्दा अघि नेपाल र अस्ट्रेलियाको सिड्नीमा सफलतापूर्वक सम्पन्न भइसकेको यो इभेन्टले नेपाली संस्कृति र सम्पदाको समृद्धि विश्वभर प्रचार गर्ने लक्ष्य राखेको छ। एस्याप इन्टरटेनमेन्टका अध्यक्ष तथा निर्देशक अधिकारीले नेपाली कला र संस्कृतिको जगेर्ना गर्न यो इभेन्टको महत्वपूर्ण भूमिका रहेको बताए।

कार्यक्रममा नेपाली चलचित्रका चर्चित सेलिब्रेटीहरू, निर्देशक घनश्याम लामिछाने, नेपाली सेना र प्रहरीका उच्च अधिकारीहरू, विद्यालयका प्रिन्सिपलहरू, र स्थानीय नेताहरूको उपस्थिति रहेको थियो।

‘हेरिटेज अफ फेसन’ केवल फेसनको प्रदर्शनी नभएर नेपाली कला र संस्कृतिलाई आधुनिक प्लेटफर्ममा प्रस्तुत गर्ने एउटा अभियानका रूपमा सफल भएको छ। यो इभेन्टले भविष्यमा नेपाली पहिचानलाई अझ सशक्त बनाउन योगदान दिने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.