सुचना, समाचार र मनोरन्जन
IVF New Banner

पोखरा महानगरपालिका र निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौँ बिच सम्झौता

पोखरा/

पोखरा महानगरपालिका र निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौँ बिच कर्जा सुरक्षण कार्यक्रमको विस्तार तथा प्रवर्द्धनका लागि समझदारी भएको छ । कर्जा सुरक्षण नियमावली, २०७५ को नियम ३५ (६) बमोजिम कोष र महानगरपालिका बिच समझदारी भएको हो ।

Exchange and test

महानगर भित्र उद्यमशीलताको विकास, रोजगारी सृजना, उत्पादकत्व एवं आय आर्जन वृद्धिका लागि कृषि, लघु, साना तथा मझौला उद्यम, रोजगार तथा स्वरोजगार लगायत कोषका सुरक्षण कार्यक्रमहरूले समेटेका क्षेत्र र प्रयोजनका लागि सर्वसुलभ रूपमा कर्जा प्रवाह गर्न बैङ्क तथा वित्तीय संस्थाहरूलाई प्रोत्साहन गर्ने, कोषको तर्फबाट उद्यमशीलता विकास तथा रोजगारी सृजना कर्जा सुरक्षण कोष स्थापना गर्ने, सुरक्षण योगदानकर्ताले कोषको बैक तथा वित्तीय संस्थाबाट प्रवाह हुने उद्यमशीलता विकास तथा रोजगारी सृजना कर्जाको २० प्रतिशतले हुने रकम सोही कोषमा जम्मा गर्ने समझदारी भएको छ । यस्तै विद्यार्थीहरूले पहिलो ६ महिना खर्च रकमको ब्याज तिर्नु नपर्ने र रु.५ लाख सम्म सामाग्री, खाजा र अध्ययन खर्च पाउनेछन् ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतको उपस्थितिमा गरिएको समझदारी पत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाइले हस्ताक्षर गर्नुभएको छ ।

महानगरपालिका र कोष बिचको सम्झौताले महानगरपालिका क्षेत्रमा उद्यमशीलताको विकास, रोजगारी सृजना, उत्पादकत्व एवं आय आर्जन वृद्धिका कार्यक्रमहरू सञ्चालनमा महत्त्वपूर्ण सहयोग पुग्ने नगर प्रमुख आचार्यले विश्वास व्यक्त गर्नुभयो । रोजगारी सृजना र उद्यमशीलताको विकासमा सन्दर्भमा यसको प्रभावकारिताको आधारमा थप कार्यक्रमहरू समेत विस्तार गर्दै लैजाने उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.