काठमाडौं :
दयाहाङ राई अभिनित फिल्म ‘कार्साङ’ले केही दिनमा टिजर सार्वजनिक गर्ने भएको छ। दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्केको मुख्य भूमिकामा रहेको फिल्मको टिजर सार्जजनिक गर्न लागेको हो।
फिल्मको पोस्टर र तस्बिर निर्माण टिमले सार्वजनिक गरेको थियो। पोस्टरमा जितु र दयामा कसको भूमिका के हो भन्ने निश्चित भइसकेको छैन। सबै गाउँले भूमिकामा रहेको पोस्टर र सुटिङ युनिटबाट बाहिरिएको थियो। जसमा दया र जितुमो को मुख्य भुमिका हो भन्ने अनुमान लगाउन सकिदैन।
यसबारेमा निर्माणपक्षले हालसम्म कसको भूमिका कस्तो छ भनेर केही जानकारी दिएको छैन। सुटिङस्पटबाट बाहिरिएको दयाहाङ र सिर्जना निङलेखुको तस्बिरले दयाहाङ धामीको भूमिकामा छन् कि भन्ने अनुमान गर्न सकिन्छ। यता, जितु र दयाहाङको पोस्टर बराबरी संख्यामा आउँदा को मुख्य भूमिकामा छन् भन्ने झनै अन्योल देखिएको छ। क्यारेक्टरको लुक्सबाट को प्रमुख भूमिकामा छन् भनेर अनुमान लगाउन सकिने ठाउँ छैन।
यदि दयाहाङ राई मुख्य भूमिकामा छन् भने धामी बस्ने क्यारेक्टर पनि हिरो हुन्छ भन्ने यो फिल्मले प्रमाणित गर्नेछ। चरित्र अभिनेताहरू हिरो हुने सिनेमा आउन थालेको त धेरै भइसक्यो। तर, ‘कार्साङ’मा धामी बस्दै हिँड्ने क्यारेक्टर नै हिरो छ भने नेपाली टिपिकल क्यारेक्टरमा फिल्मा बन्न थालेछन् पुष्टि हुनेछ। यसले पैसावाल धनी र हेर्दा आकर्षक क्यारेक्टर मात्रै हुँदैनन्। थप भुइँमान्छेका कथामा फिल्म बन्न थालेको ‘कार्साङ’ले पुष्टि गरेको छ।
यम शेर्पाको डेव्यु लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘कार्साङ’ पुस २६ गते पदर्शन हुँदैछ। शेर्पा समुदायको संस्कृतिमा आधारित भएर बनेको चलचित्रमा अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको सिनेमाका पुरुषोत्तम प्रधानको छायांकार र निर्माता स्वयंम हुन् ।
सिनेमाको सह–निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसर वीरेन्द्र शाही छन्। यो फिल्मको अन्तर्राष्ट्रिय वितरक अधिकार हुल्या इभेन्टस सुमन पराजुली र सोमलाल थोकर लिएको छन् भने देशभर वितरणको जिम्मेवारी आरआर फिल्मसले लिएको छ।