सुचना, समाचार र मनोरन्जन

‘पुजार सार्की’पछि दिनेश राउतले थाले ‘महाभोज’,यसमा पनि दोहोरिए आर्यन

काठमाडौं :

दर्शकमाझ सफल फिल्म ‘पुजार सार्की’ दिएका दिनेश राउतले आठौँ फिल्मको घोषणा गरेका छन्। उनले फिल्म ‘पुजार सार्की’पछि ‘महाभोज’ नामक फिल्मको घोषणा गरेका छन्। निर्देशक राउतले सोमबार फिल्मको घोषणा गर्दै कलाकारहरूको बुलन्द लाइनअप भएको जानकारी दिएका छन्।

उनका अनुसार फिल्म ‘महाभोज’मा पुजार सार्कीकै कलाकार आर्यन सिग्देलको पनि मुख्य भुमिका रहने छ। आर्यनका साथमा दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, अञ्जना बराइली,मलिका महत, अनुपविक्रम शाही, बुद्धि तामाङ, र कमलमणि नेपाल लगायतका कलाकारहरुले अभिनय गर्दैछन्।

Pach Pandav

यस फिल्मलाई ‘नाङ्गो गाउँ,’ ‘दुखी आत्मा’जस्ता फिल्म निर्माण गरेका निर्माता हिमाल कडरियाले बनानउ लागेका हुन्। ‘दुखी आत्मा’को हालसालै छायांकन सकिएको छ भने ‘नाङ्गो गाउँ’प्रदर्शन भइसकेको छ। फिल्मको निर्माणमा कडरियाको क्लक वर्क क्रियशन र निर्देशक राउतको पिक्चर फ्रेमले सहकार्यमा गर्न लागेका हुन्।

राउतले ‘महाभोज’ सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेहरू विरुद्धको विद्रोही अभियान रहेको बताए। उनले पत्रकारहरुसँगको कुराकानीमा अन्याय विरुद्धको आवाज उठाउने व्यक्तीको कथालाई बुनिएको बताए।

उनले भने,‘आम मानिसहरूको जीवन र उनीहरूको भरोसाको पक्षमा उभिने र सत्यका लागि लड्ने र अन्यायको विरुद्ध आवाज उठाउने कथा हामीले यस फिल्ममार्फत प्रस्तुत गर्दैछौँ।’

उनका अनुसार फिल्मको सुटिङ आगामी माघ १ गतेदेखि सुरु गरिने छ। फिल्मको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् । वितरणको आर.आर. फिल्मस्ले गर्नेछ ।

Leave A Reply

Your email address will not be published.