सुचना, समाचार र मनोरन्जन

गणेशको ‘कहाँ पर्यो घर’भन्दै आइन् मेलिना (भिडिया सहित)

काठमाडौं :

गायक गणेश प्रसाई आफ्नो घरको खोजीमा निस्किएका छन्। गीतकार तथा एन आर एन आयरल्याण्डका पूर्व अध्यक्ष समेत रहेका प्रसाईंको कहाँ पर्यो घर भन्दै सोध्दै नेपाल आएका छन्। उनी वास्तविक रुपमा भने आफ्नो घर सोधेका हैनन्। उनले आफ्नो पहिलो गीत ‘कहाँ पर्यो घर’मार्फत स्रोतालाई सोधेको प्रश्न हो यो।

Pach Pandav

सार्वजनिक गीतमा गायक तुलसी सिवाकोटीले गाएका छ भने संगीत सरोज पोखरेलले भरेका छन्। देवेश राइको एरेन्ज रहेको यो गीतको भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका छन्।

‘कहाँ पर्यो घर’को भिडियोमा उमर खान मेलिना पन्त र राजेन्द्र आचार्यले अभिनय गरेका छन्। राजेश घिमिरेको सिनेमाटोग्राफी र पवन सुश्लिंगको सम्पादन रहेको भिडियोलाई दर्शकले गायक सिवाकोटीकै युट्युब च्यानलबाट हेर्न सक्नेछन्।

Leave A Reply

Your email address will not be published.