सुचना, समाचार र मनोरन्जन

‘अबरोड स्टडीजका लागि विश्वासिलो शैक्षिक संस्था एक्सपर्ट, सेवा विस्तार गर्दै’

२० औं वार्षिक उत्सवका अवसरमा एक्सपर्टका सबै शाखामा सिग्नेचर कार्यक्रमको आयोजना गरिएको छ । अगस्ट ५ तारिक वा साउन २३ गते रक्तदान कार्यक्रम गर्दैछौं । पोखरामा प्रदेश सरकारका माननीय सांसद विन्दु कुमार थापाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम पोखरा ट्रेड मलको प्राङ्गण चिप्लेढुंगामा बिहान हुँदैछ । साउन २० गते वृक्षारोपण तथा सरसफाई कार्यक्रम बिहान ८ बजे पोखरा २२ पुम्दिकोटमा गर्दैछौं ।

सन्तोष बस्याल,पोखरा ।

अबरोड स्टडीजका लागि पोखरामा थुप्रै कन्सलटेन्सीहरु संचालित छन् । कसैले लामो समय देखि सेवा प्रवाह गरिरहेका छन् भने कोहि भर्खरै मात्र स्थापित छन् । यस्तैमा विगत १० वर्षदेखि एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले पोखरामा सेवा प्रवाह गरिरहेको छ । सन् २००३ मा स्थापना भएको एक्सपर्टले विश्वभर नै सेवा दिन थालेको पनि २० वर्ष पुग्यो । २० औं वार्षिकउत्सवका अवसरमा एक्सपर्ट पोखराका मार्केटिङ हेड एवम् पब्लिक रिलेसन अफिसर विष्णु प्रसाद गौतमसँग परिचयकर्मी सन्तोष बस्यालको संवाद :

एक्सपर्टलाई हेर्ने दृष्टिकोण कस्तो छ ?

हामी अहिले बिसौं वर्षगाठको सन्दर्भमा अगाडि बढिरहेका छौं । बजारमा हेर्दा एक्सपर्ट विश्वासिली कन्सलटेन्सीका रुपमा साबित भएको छ । जसले अबरोड स्टडीका लागि विद्यार्थीलाई बाहिर पठाउने गर्छ । हामीले अष्ट्रेलियामा अलिक बढी पठाउने गर्छौं ।

पोखरामा एक्सपर्ट संचालन ताका र अहिलेको समयमा विद्यार्थीको चाप कस्तो छ ?

उच्च शिक्षाका लागि नेपालबाट अष्ट्रेलिया पुगेका २० विद्यार्थीले अध्ययन सकेपछि सन् २००३ मा एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजको स्थापना गरे । उक्त सेवालाई विस्तार गर्ने क्रममा सन् २०१३ मा एक्सपर्ट पोखरामा स्थापित भएको हो । फ्रेन्साइज संस्था भएता पनि यसको सम्पूर्ण स्वामित्व हामीमा नै निहित छ । पोखरामा एक्सपर्ट स्थापना हुँदा पढ्नका लागि बाहिर जाने विद्यार्थीको संख्या अहिले जस्तो थिएन । हिजो केही नम्बरमा मात्रै हाम्रा विद्यार्थीको भिजा लाग्थ्यो भने अहिले एक्सपर्टबाट सेवा लिने अधिकांश विद्यार्थीहरुको भिजा लाग्छ । प्लस टु पास गर्ने बित्तिकै उच्च शिक्षाका लागि बाहिर जाने इच्छाले पनि विद्यार्थीको संख्या बढ्दै गएको छ ।

संख्यात्मक हिसाबले २०१३ देखि अहिले सम्म कति विद्यार्थीले सेवा लिएका छन् ?

अहिले सम्म एक लाख भन्दा बढी विद्यार्थीले सेवा लिएका छन् । एक्सपर्टलाई विश्वास गर्नेहरुको संख्या घटेको छैन । बरु बढीरहेको छ । हामीले दिने सेवा र हामीले पठाएका कलेजहरुको व्यवस्थापन पक्षलाई सबल नै मानिएको छ ।

एक्सपर्ट टीम

एक्सपर्टले बाहिरका कुनकुन मुलुकहरुमा विद्यार्थी पठाउँछ ?

हामीले पाँच वटा देशमा अबरोड स्टडीका लागि विद्यार्थी पठाइरहेका छौं । जसमध्ये प्रमुख अष्ट्रेलिया नै हो । त्यसपछि क्यानडा, युके, युएस र न्यूजिल्याण्डमा हाम्रा विद्यार्थीहरु उच्च शिक्षाका लागि गएका छन् ।

पोखरामा थुपै्र कन्सलटेन्सीहरु संचालनमा छन्, यो भीडमा प्रतिस्पर्धा गर्न कत्तिको सहज छ ?

हामीलाई खासै गाह्रो छैन । विद्यार्थीहरुले गर्ने विश्वासले नै हामीलाई सहज बनाइरहेको छ । हाम्रो प्रतिस्पर्धा भनेको आफैसँग हो । आज भन्दा भोली नयाँ नयाँ विषयहरुको बारेमा रिसर्च गरी विद्यार्थीहरुलाई प्रभावकारी सेवा दिनमा तल्लिन छौं ।

अबरोड स्टडीका लागि कस्ता विद्यार्थीहरु जान सक्छन् ?

विशेष गरी प्लस टु पास गरेर विद्यार्थीहरु अबरोड स्टडीका लागि अष्ट्रेलिया जान पाउँछन् । त्यसपछि ब्याचलर पास गरेर मास्टर डिग्री अध्ययनका लागि जान पाउँछन् । मास्टर डिग्री गरेका विद्यार्थीहरु पनि रिसर्चका लागि बाहिर जान पाउँछन् । यसमा विषय अनुसार फरक पर्छ । जस्तै नर्स, म्यानेजमेन्ट, सोसियल, एजुकेशन, इन्फरमेसन टेक्नोलोजी, हस्पटालिटी फिल्डका विद्यार्थीहरु अध्ययनका लागि विदेश जान सक्छन् । खासगरी पछिल्लो अध्ययन अनुसार प्लस टु पढ्ने विद्यार्थीहरु बाहिर जाने चलन बढ्दो छ ।

अबरोड स्टडीका लागि बाहिर गएका विद्यार्थीहरुले पढ्ने मात्रै हो कि काम पनि गर्छन् त ?

नेपालमा आम्दानी मध्यम खालको छ । अधिकांश विद्यार्थीहरु पढाईसँगै कमाउनका लागि गएका हुन्छन् । उच्च शिक्षाका लागि बाहिर मुलुकमा जाँदा सुरुमा नै ६ महिना वा वर्ष दिनको शुल्क बुझाए पछि भने पढ्दै कमाउँदै तिर्ने वातावरण मिलाउनुपर्छ । दुई हप्तामा ४८ घण्टा काम गर्ने गरेर समय व्यवस्थापन गरिएको हुन्छ । त्यहि अनुसार पढ्दै काम गर्दै आफ्नो अध्ययन शुल्क बुझाउने वातावरण अष्ट्रेलियन सरकारले उपलब्ध गराएको छ ।

एक्सपर्टबाट सेवा लिँदै

एक्सपर्टबाट बाहिर गएका विद्यार्थीहरु कत्तिको सन्तुष्ट छन् ?

एक्सपर्टबाट अष्ट्रेलियामा मात्रै जाने एक लाख बढी विद्यार्थी छन् । आजको दिन सम्म कुनै पनि विद्यार्थीलाई समस्या परेको सुन्नमा आएको छैन । हामीले काउन्सिल गरेर पठाएका सबै विद्यार्थी सन्तुष्ट छन् । उनीहरुका परिवारमा निराशा छाएको छैन । त्यसैले त एक्सपर्टलाई अबरोड स्टडीमा हेर्ने नजरिया फरक छ । अहिले सम्म विद्यार्थी असन्तुष्टि भएर नेपाल फर्किनुपर्ने अवस्था आएको छैन ।

एक्सपर्टले कतिवटा शाखाबाट सेवा विस्तार गरिरहेको छ ?

विश्वभर २० भन्दा बढी देशमा हाम्रा शाखाहरु विस्तार भएका छन् । भारत, बंगलादेश, श्रीलंका, कम्बोडिया, साउथ अफ्रिका, ब्राजील लगायतका देशहरुमा संस्था छ । विश्वव्यापी रुपमा ६० भन्दा बढी शाखाबाट हामीले सेवा प्रवाह गरिरहेका छौं । नेपालका अधिकांश शहरमा एक्सपर्ट संचालित छ । पोखरामा सिद्धार्थचोकबाट हामीले काम गरिरहेका छौं । निकट समयमा नै हामी पोखरा ट्रेडमलमा सर्दैछौं । काठमाडौं, बुटवल, चितवन, हेटौडा, विराटनगर, विरगञ्ज, इटहरी, दाङ, धनगढी, बिर्तामोडबाट एक्सपर्टले सेवा दिइरहेको छ ।

अबरोड स्टडी पैसावाला परिवारका छोराछोरीलाई मात्र हो ? सामान्य नागरिकका छोराछोरीहरु उच्च शिक्षा अध्ययनका लागि बाहिर गएका छन् त ?

अष्ट्रेलिया वा अन्य देशमा पढ्न जानका लागि वर्षको १८ लाख भन्दा बढी आम्दानी देखाउनुपर्ने हुन्छ । जागिर, व्यापार व्यावसाय, वैदेशिक रोजगार गरेर होस् अबरोड स्टडीका लागि बाहिर जाने जो कोहिको परिवारको आम्दानी वर्षको १८ लाख वा त्यो भन्दा माथि हुनुपर्छ भन्ने छ । उच्च र मध्यम परिवारका विद्यार्थीलाई उक्त आम्दानी देखाउन समस्या हुँदैन । तर निम्न वर्गका परिवारका विद्यार्थी बौद्धिकतामा अब्बल हुँदाहुँदै पनि आम्दानी स्रोतको अभावका कारण भिजामा समस्या हुने देखिन्छ । बैंकले पनि एक लाख २० हजार माथिको महिनाको आम्दानी हुनेलाई मात्र ऋण सुविधा उपलब्ध गराउँछ । त्यो भन्दा कम आम्दानी भएकाले अबरोडका लागि बैंकिङ ऋण नपाउन सक्छन् ।

विद्यार्थीलाई काउन्सिल गर्दै

 

कन्सलटेन्सीहरु युवाहरुलाई उच्च शिक्षाको नाममा विदेश पलायन गराउने कारखाना भए भन्ने गुनासो सुनिन्छ नि ?

तपाईले महत्वपूर्ण कुरा उठाउनुभयो । कन्सलटेन्सीहरुले अक्सर यस्ता गुनासो खेप्नुपर्छ । हामी युवाहरुलाई विदेश पलायन गराउने कारखाना होइनौं । अबरोड स्टडीका लागि पठाउँदा पनि सम्झौतामा नै विदेशबाट उच्च शिक्षा अध्ययन गरिसकेपछि नेपालमा नै फर्किनुपर्ने विषय उल्लेख गरिएको हुन्छ । तर विद्यार्थीहरु नेपालमा भविष्य देख्दैनन् । उतैको हावापानीले उनीहरुलाई आकर्षण गर्छ । देशमा उचित पारिश्रमिक र रोजगारको अभाव भएकाले पनि यस्तो भएको हो । यसमा कन्सलटेन्सीलाई दोश थुपारेर सरकार उम्कन मिल्दैन । नेपालमा नै उचित अवसर र रोजगारीको सिर्जना हुनुपर्ने आवश्यकता छ ।

वार्षिक उत्सवका अवसरमा के कस्ता कार्यक्रम गर्दैहुनुहुन्छ ?

२० औं वार्षिक उत्सवका अवसरमा एक्सपर्टका सबै शाखामा सिग्नेचर कार्यक्रमको आयोजना गरिएको छ । अगस्ट ५ तारिक वा साउन २३ गते रक्तदान कार्यक्रम गर्दैछौं । पोखरामा प्रदेश सरकारका माननीय सांसद विन्दु कुमार थापाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम पोखरा ट्रेड मलको प्राङ्गण चिप्लेढुंगामा बिहान हुँदैछ । साउन २० गते वृक्षारोपण तथा सरसफाई कार्यक्रम बिहान ८ बजे पोखरा २२ पुम्दिकोटमा गर्दैछौं । जसमा पुम्दिकोट युवा क्लबले हामीलाई सहयोग गर्दैछ । साउन २३ गते साँझ मानवसेवा आश्रम हेमजामा आश्रित व्यक्तित्वहरुलाई एक छाक खाना खुवाउने कार्यक्रम गर्दैछौं । त्यस्तै एक्सपर्ट स्कुलरसीप अवार्ड पोखराको नाम चलेको शैक्षिक संस्था विन्ध्यवासिनी उच्च माध्यमिक विद्यालयका दुई छात्र र दुई छात्रालाई प्रदान गर्ने कार्यक्रम तय भएको छ । माछापुच्छ«े गाउँपालिका वडा नं. २ मा रहेको श्रीकृष्ण महादेव आधारभूत विद्यालयमा ब्याग, स्टेसनरी लगायत डस्बिन बाड्ने कार्यक्रम पनि रहेको छ । यसरी नै हामी २० औं वार्षिक उत्सव मनाउँदैछौं ।

एक्सपर्टले समाजिक उत्तरदायित्व कसरी बहन गरिरहेको छ ?

कन्सलटेन्सी व्यवसायी भएर आम्दानी मात्र गर्ने होइन । आम्दानीको केही अंश सामाजिक सेवामा पनि खर्च गर्ने उद्देश्यका साथ हामी अगाडि बढीरहेका छौं । एक्सपर्टले २०७२ सालको भूकम्पका कारण ढलेको सिन्धुपाल्चोक, गोरखा लगायतका विद्यालयहरुको पूननिर्माण कार्यमा सहयोग गरेको छ । कोभिडका बेला अष्ट्रेलियमा पढ्न गई समस्या परेका विद्यार्थीलाई दुई लाख रुपैयाँ सहयोग समेत गरिएको छ । कोभिडका समयमा अभावमा रहेको अक्सिजनको सिलिण्डर ५० वटा खरिद गरी प्रदान गरिएको छ । पोखरामा भने हामीले पोखरा १८ र २१ को हेल्थ सेन्टरलाई अक्सिजन सिलिण्डर सहयोग ग¥यौं । सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा कास्कीका धेरै विद्यालयमा सहयोग समेत गरेका छौं । न्यानो कपडाको अभावमा विद्यालय जान वञ्चीत भएका विद्यार्थीहरुलाई स्विटर उपलब्ध गराउने काम पनि भएको छ । समग्रमा भन्दा सामाजिक क्रियाकलापमा समेत हाम्रो संलग्नता रहेको छ ।

एक्सपर्टले कतिजनालाई रोजगारी उपलब्ध गराएको छ ?

समाजमा रहेका युवाहरुलाई रोजगारी उपलब्ध गराउनुपर्छ भन्ने हेतुले हामी लागिरहेका छौं । हिजो हामी सिमित ४ देखि ५ जनाबाट संचालित भएको एक्सपर्टमा अहिले ३० जना प्रत्यक्ष रोजगारीमा छौं । फेरि पनि केही कर्मचारीहरुको आवश्यकता परेको छ । एक्सपर्टमा रोजगारीको सिर्जना गरी अवसर समेत प्रदान गरिएको छ ।

पोखरामा एक्सपर्टको अबको यात्रा कस्तो हुन्छ ?

विगतका कामलाई अनुसरण गर्दै अबको यात्रामा पनि हामी निरन्तर रहिरहनेछौं । त्यसका अलवा केही नयाँ तरिका पनि अप्नाउनुपर्नेछ । सिद्धार्थचोकबाट सरेर अब हामी पोखरा ट्रेडमल सर्दैछौं । जहाँ अझै परिस्कृत र परिवर्तनसहितको एक्सपर्ट तपाई पाउनुहुनेछ । सेवा समेत त्यसैअनुरुप विस्तार गरिनेछ ।

Leave A Reply

Your email address will not be published.