सुचना, समाचार र मनोरन्जन
tigar

२० औं वार्षिकत्सवमा एक्सपर्ट पोखराद्वारा रक्तदान कार्यक्रम

पोखरा ।

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्बिसेज पोखराले २० औं वार्षिकत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा ६३ युनिट रगत संकलन भएको छ । लाइन्स क्लब अफ पोखरा आदर्श र पोखरा ट्रेड मलको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा गण्डकी प्रदेशका सांसद विन्दु कुमार थापा प्रमुख अतिथि थिए ।

पहिलो रक्तदाता रोशन थापालाई ब्लड ब्याग हस्तान्तरण गरी उदघाटन गरेका थापाले एक्सपर्ट शैक्षिक परामर्श सँगै सामाजिक उत्तरदायित्वमा समेत क्रियाशिल रहनु सकरात्मक भएको उल्लेख गरे । उनले उच्च शिक्षा अध्ययनका लागि विदेश पठाउने शैक्षिक संस्थाहरुले आम्दानी लिने मात्र नभई सामाजिक सेवामा समेत सक्रियता देखाउनुपर्ने बताए । उनले वर्षेनी लाखौं विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेश जाने गरेता पनि फर्केर नेपाल नआउने समस्या बढ्दै गएको र यसतर्फ शैक्षिक संस्थाहरु चनाखो रहनुपर्ने आवश्यकतालाई औंल्याएका छन् ।

‘वर्षेनी उच्च शिक्षाका लागि विद्यार्थीहरु विदेश जान्छन् । तर स्वदेश फर्किनेहरु न्यून छन् । यो देशको समस्या हो । यस तर्फ शैक्षिक संस्थाहरु चनाखो रहनुपर्ने देखिन्छ ।’, उनले भने ।

sfal
रक्तदान कार्यक्रममा उपस्थित अतिथिहरु

ईक्यान कास्कीका अध्यक्ष रमेश थापाले विगतका दिनहरुमा जस्तै अहिले पनि एक्सपर्ट पोखरा सामाजिक सेवामा सक्रिय भएको देख्दा खुशी लागेको बताए । पोखरा ट्रेडमलका अध्यक्ष मीनराज काफ्लेले पोखरा ट्रेड मल र एक्सपर्ट सहकार्य गर्दै अगाडि बढ्ने जानकारी गराए । लायन्स क्लब अफ डिस्ट्रिक ३२५ वानका संयोजक सन्तोष श्रेष्ठले शैक्षिक संस्थासँग सहकार्य गरी रक्तदान जस्तो पुनित कार्यक्रमको आयोजना गर्न पाउँदा खुशी लागेको उल्लेख गरे ।

कार्यक्रमका सभापति एक्सपर्टका एकेडेमिक हेड सली देवानले एक्सपर्ट आगामी दिनमा पनि समाज सँग जोडिएर नै अगाडि बढ्ने बताए । २० औं वार्षिक उत्सवमा आफुहरुले पुम्दिकोटमा सरसफाई, वृक्षारोपण, मानव सेवा आश्रममा आश्रित सबैलाई खाना खुवाउने कार्यक्रमको समेत आयोजना गरिएको विषयमा जानकारी गराए ।

एक्सपर्ट पोखराका अप्रेसन म्यानेजर रमेश बास्तोलाले स्वागत गरेको कार्यक्रममा बासुदेव कोइराला, रक्तसंचार केन्द्र पोखराका वरिष्ठ प्राविधिक महेन्द्र जिसी, पोखरा ट्रेड मलका संचालक राजु शर्मा, बासुदेव पराजुली, नवराज त्रिपाठी, गोविन्द प्रसाद पोखरेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन एक्सपर्ट पोखराका मार्केटिङ अफिसर विष्णु प्रसाद गौतमले गरेका थिए ।

एक्सपर्ट र रक्तसंचार केन्द्र पोखराको सामूहिक तस्विर

Leave A Reply

Your email address will not be published.