हावाको प्रदूषणले आँखालाई सुक्खापन, जलन, र लामो समयसम्म असर गर्ने समस्याहरू जस्तै मोतिबिन्दु वा ग्लाकोमा हुनसक्छ।
प्रदूषित वातावरणमा आँखाको सुरक्षा गर्न यी १० उपाय अपनाउन सकिन्छः
चस्मा लगाउनुहोस्ः बाहिर जाँदा युभी सुरक्षायुक्त चस्मा लगाएर हिड्नुहोस्।
आँखा नरगड्नुहोस्ः यदि आँखामा जलन वा चिलाइरहेको महशुस भए पनि त्यसलाई घोट्ने प्रयास नगर्नुहोस्। यसले संक्रमण फैलाउन सक्छ। यदि असहजता लगातार रहन्छ भने नेत्र विशेषज्ञ सँग परामर्श लिनुहोस्।
आँखाको सरसफाइ कायम राख्नुहोस्ः आँखालाई सफा राख्न सफा कपडा, वाइप्स वा सफा पानीले नियमित रूपमा धुनुहोस्।
आइ ड्रप प्रयोग गर्नुहोस्ः ओभर–द–काउन्टर लुब्रिकेटिङ आइ ड्रप प्रयोग गरेर आँखालाई ओसिलो राख्न सकिन्छ, जसले प्रदूषणका कारण हुने सुख्खापन कम गर्छ।
घरभित्रको हावाको गुणस्तर सुधार गर्नुहोस्ः घरमा एयर प्युरिफायर प्रयोग गर्नुहोस् र एलोभेरा जस्ता भित्री बोटबिरुवा राखेर हावाको गुणस्तर सुधार गर्नुहोस्।
प्रदूषण उच्च हुँदा बाहिर ननिस्कनुहोस्ः हावामा धुलो र हानिकारक कणहरू अत्यधिक भएका बेला बाहिरको गतिविधि सीमित गर्नुहोस्।
ह्युमिडिफायर प्रयोग गर्नुहोस्ः कोठाको हावा सुक्खा भएमा ह्युमिडिफायर प्रयोग गरेर उचित ओसिलोपना कायम राख्नुहोस्।
पर्याप्त पानी पिउनुहोस्ः प्रशस्त पानी पिउँदा शरीर हाइड्रेट रहन्छ, जसले आँखा स्वस्थ राख्न मद्दत गर्छ।
सन्तुलित आहार अपनाउनुहोस्ः भिटामिन ए, सी, र इ युक्त खाना खानुहोस्, जसले आँखाको स्वास्थ्यलाई सुदृढ बनाउँछ र प्रदूषणका असरहरू कम गर्छ।
आँखा विशेषज्ञसँग परामर्श लिनुहोस् : यदि तपाईंलाई आँखामा निरन्तर असहजता वा दृष्टि सम्बन्धी समस्या देखिएमा तुरुन्तै नेत्र विशेषज्ञसँग सल्लाह लिनुहोस्।