पाेखरा,
आइतबार अपरान्ह फेसबुक डाउन भएको छ । ‘साइटमा समस्या’ आएका कारण जनाउँदै प्रयोगकर्ताहरूका लागि फेसबुकको ब्राउजर भर्सन डाउन भएको हो । फेसबुकले साइटमा आएको समस्या छिट्टै समाधान गर्ने बताएकाे छ ।
डाउनडिटेक्टर वेबसाइटमा आइतबार दिउँसो साढे १ बजे आसपासबाट ‘फेसबुक डाउन’ खोजी गर्नेहरूको सङ्ख्यामा एक्कासि वृद्धि भएको देखिएको छ।