Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- विश्व फिजियोथेरापी दिवसमा मेट्रोसिटी अस्पतालको सन्देश : ‘औषधि मात्र होइन, सक्रिय जीवन पनि उपचार हो’
- सुशील र न्यान्सीको फिल्म ‘अक्षरा’ ले पायो युनिभर्सल सर्टिफिकेट,सबै उमेरका दर्शकले हेर्न पाउने
- ‘बेहुली’को ट्रेलरले रच्दै इतिहास: २४ घण्टामै १० लाख भ्युज पार
- असोज २ गते रिलिज हुने ‘कार्की साइँला’को ट्रेलरमा भरियाको सङ्घर्ष र पुरुषको पीडा
- प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
- फर्स्टलुक पोस्टरसहित बिजुको ‘अन्तिम दाउ’ घोषणा
- अस्ट्रेलियामा शोभित बस्नेत र सन्तोष तिवारीको सक्रियतामा नेपालका बाढीपीडितका लागि ३३ लाखभन्दा बढी राहत संकलन
- पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता
- पृथ्वी राजमार्ग अवरुद्ध: पर्यटक बस सञ्चालनमा समस्या
- भोटेकोशीमा बाढीः वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई
गण्डकी प्रदेशमा एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार
गण्डकी,
गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक हजार १८० हेक्टरमा फलफूलखेती सुरु गरिएको छ ।
भारतलगायत अन्य मुलुकबाट आयात हुने फलफूललाई प्रतिस्थापन गर्ने उद्देश्यले सन् २०२९ सम्म ३४ स्थानीयस्तरमा छ हजार १८० रोपनी जग्गामा सुन्तला, स्याउ, कागती, किबी, ओखर, एभोकाडो र मेकाडेमियालगायत फलपूmलखेती विस्तार गरिने भएको हो ।
प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गत आयोजना कार्यान्वयन एकाइका कृषि अर्थ विज्ञ मनोज पौडेलले नवलपुरबाहेक १० जिल्लाका विभिन्न स्थानीय तहमा आयोजना सञ्चालन गरिने बताउनुभयो ।
नेपाल सरकार र एसियाली विकास बैंकको अनुदान सहयोग रहेको उक्त आयोजनाका लागि चालु आवमा रु ३० करोड बजेट विनियोजन भएको छ ।
मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताउनुभयो, “चालु आवका लागि प्रस्ताव मागको तयारी भइरहेको छ, छिट्टै सूचना प्रकाशन हुन्छ”, उहाँले भन्नुभयो, “समूह, सहकारी या कृषि फार्मले आवदेन दिन मिल्छ ।”
पहाडी भेगमा जग्गाको मापदण्ड धेरै हुँदा प्रस्ताव कम परेपछि न्यूनतम १० रोपनी कायम गर्नेगरी कार्यविधि परिमार्जनको तयारी भइरहेको बताइन्छ ।
यसअघि आयोजनामा समावेश हुन न्यूनतम २० रोपनी जग्गा चाहिने प्रावधान थियो । फलफूलखेतीका लागि बिउबिजन, सिँचाइ, यान्त्रिकीकरण आदिमा ५० प्रतिशत अनुदान दिने गरिएको छ । कार्यविधिअनुसार मापदण्ड पु¥याएर आउने कृषि समूह, सहकारी र कृषि फार्मले अनुदान पाउने गरेका छन् ।
क्षेत्रफल र फलफूल बालीअनुसार अनुदान फरकफरक रहेको मन्त्रालयले जनाएको छ । बागवानी क्षेत्र व्यवस्थापनसँगै किसानलाई व्यावसायिक फलफूलखेतीतर्फ आकर्षिक गर्न यस आयोजनाबाट टेवा पुग्ने विश्वास लिइएको छ ।