सुचना, समाचार र मनोरन्जन

‘फर्की फर्की’ को ट्रेलर रिलिज भएको २४ घण्टा नपुग्दै मिलियन भ्युज

प्री–टिजर रिलिजबाट नै चर्चामा रहेको ‘फर्की फर्की’ को ट्रेलर रिलिज भएको २४ घण्टा नपुग्दै मिलियन भ्युज पाएको छ। सम्भवतः यो नेपाली चलचित्र क्षेत्रमा यो नयाँ रेकर्ड हुन सक्छ।

काठमाडौं  /

आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित फिल्म ‘फर्की फर्की’ ले पहिलो चरणमै रेकर्ड ब्रेक गरेको छ । प्री–टिजर रिलिजबाट नै चर्चामा रहेको ‘फर्की फर्की’ को ट्रेलर रिलिज भएको २४ घण्टा नपुग्दै मिलियन भ्युज पाएको छ। सम्भवतः यो नेपाली चलचित्र क्षेत्रमा यो नयाँ रेकर्ड हुन सक्छ।

यो रेकर्डले दर्शकका लागि अनमोलको फिल्म कति प्रतिक्षित छ भन्ने कुराको पुष्टि गरेको छ। मेगा स्टार अनमोल केसी अभिनीत ‘फर्की फर्की’ मा अनमोलको अपोजिटमा ‘लिली बिली’, ‘लभ स्टेसन’ जस्ता हिट फिल्मकी नायिका जसिता गुरुङ छिन्। करिब दुई बर्षको अन्तरालमा पुनः पर्दामा देखिएका अनमोल दर्शकहरुको प्रतिक्षित नायक हुन। अनमोलले सिमित फिल्ममा काम गरिरहेका छन । ‘फर्की फर्की’ पनि उनको एक प्रतिक्षित प्रोजेक्ट हो।

औपचारिक फिल्म निर्माण घोषणा अघि नै टिजरमार्फत दर्शकको ध्यान खिचेको ‘फर्की फर्की’ को बिहीवार ट्रेलर रिलिज भएपछि दर्शकहरुको प्रतिक्षित फिल्म बनेको छ। ‘लभर व्वाइ’ अनमोल हरेक नेपाली युवाहरुको ढुकढुकी बनेका छन्। अभिनयमा कमजोरी भएको आरोप खेप्दै आएका अनमोलले यो फिल्ममा गज्जबको काम गरेको भान हुन्छ । टिपिकल लभ स्टोरी फिल्मको ‘फर्की फर्की’मा आकर्षण, रोमान्स अनि बियोगलाई निर्देशक तथा लेखक सुयोग गुरुङले गज्जबले प्रस्तुत गरेका छन्।

ट्रेलरमा हेर्दा अनमोलले आफुलाई भगवान ठानेका छन्। ‘गाजलु’, ‘छ माया छपक्कै’ जस्ता सुपरहिट फिल्म निर्माण गरेका निर्माता रोहित अधिकारीले ‘फर्की फर्की’ निर्माण गरेका हुन् । उनले आफूहरुले गरेको मेहनतलाई दर्शकले स्वीकार्ने बताए। ओएसआर डिजिटलसँगको सहकार्यमा रोहित अधिकारी फिल्मको प्रस्तुति रहेको फिल्ममा सुयोगकै कथा एवं पटकथा छ।

ओमप्रकाश अग्रवाल निर्माता रहेको फिल्ममा मनोज वली र रामु न्यौपाने सह–निर्माता, अरूण रिजाल एसोसियट निर्माता तथा मोती कार्की र अनिरूद्र गिरी कार्यकारी निर्माता छन् । नरेन्द्र मैनालीको डिओपी रहेको फिल्मको सम्पादक सुरेन्द्र पौडेल हुन्।

Leave A Reply

Your email address will not be published.