सुचना, समाचार र मनोरन्जन

अनमोल अभिनित फिल्म ‘फर्की फर्की’को विदेश अधिकार विक्री

काठमाडौं :

फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएपछि फिल्मको चर्चा चुलिरहेको छ। ऋहिले फिल्मको चर्चासँगै देश तथा विदेशमा फिल्म ‘फर्की फर्की’को विदेश अधिकार विक्री भइरहेको छ।

Pach Pandav

फिल्मका निर्माता रोहित अधिकारीका अनुसार, ट्रेलर रिलिजपछि विदेशबाट फिल्मको उच्च माग रहेको बताएका छन्। उनका अनुसार यो फिल्मलाई जापानमा सुभाष लामिछानेले वितरण गर्ने पक्का भएको छ। यस्तै, दक्षिण कोरियामा फिल्मको वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रा.लिले लिएको छ।

यस्तै, नेपाली फिल्मका लागि सर्वाधिक राम्रो मानिएको अष्ट्रेलियाको बजारमा ब्ल्याक आई क्रियशनले फिल्म वितरणको जिम्मा लिएको छ। हङकङमा भने फिल्मलाई ओपिजी फिल्मस्ले विक्री गर्नेछ ।

यी बाहेक अन्य देशमा पनि फिल्मको अधिकार विक्रीका लागि कुरा भइरहेको निर्माता रोहित अधिकारीले जानकारी दिएका छन् । फिल्मको ट्रेलरले २३ लाख माथिको भ्यूज मात्र पाएको छैन, उत्कृष्ट प्रतिक्रिया पनि पाइरहेको छ । जेठको १० गते नेपालसँगै विदेशका अधिकांश ठाउँमा यो फिल्म रिलिज हुनेछ। सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल लगायतका कलाकारको अभिनय छ ।

Leave A Reply

Your email address will not be published.