काठमाडौं : नेपाली सिने क्षेत्र र फेसन दुनियाँमा एउटा प्रतिष्ठित नाम बनिसकेको ‘फेशअफ काल्सिक डाइमण्ड’ को पाँचौँ संस्करण घोषणा गर्न यही १२ :३० बजे याकएण्ड यति होटलको ‘दबार हल’ मा विशेष पत्रकार सम्मेलनको आयोजना गरिने भएको छ। यस अवसरमा संचारकर्मीहरूलाई कार्यक्रमबारे जानकारी गराउने र आगामी संस्करणको प्रमुख आकर्षणहरूबारे चर्चा गरिनेछ।
फेशअफ काल्सिक डाइमण्डले विगतका संस्करणहरूमा नेपाली सिने क्षेत्रमा धेरै चर्चित अनुहारहरूलाई सम्मानित गर्नुका साथै बलिउड र कलिउडका कलाकारहरूलाई एउटै मञ्चमा सहभागी गराउने ऐतिहासिक परम्परा स्थापित गर्दै आएको छ। यस पटक पनि फेसन र फिल्म क्षेत्रमा नयाँ उचाई हासिल गर्ने उद्देश्यका साथ कार्यक्रमलाई थप भव्य बनाउने तयारी भइरहेको छ।
कार्यक्रममा एमसीको रूपमा मिस नेपाल अर्थ २०२२ डा. सरीसा श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नेछिन्। प्रमुख अतिथिहरूमा काल्सिक ग्रुपका अध्यक्ष बाबु राजा महर्जन, पूर्व मिस नेपाल तथा सामाजिक अभियन्ता मलविका सुब्बा, काल्सिक ग्रुपका प्रबन्ध निर्देशक अमिर महर्जन, पूर्व फेश अफ काल्सिक डाइमण्ड एवं मिस नेपाल अस्मी श्रेष्ठ, माल्टा इन्टरनेशनलका कार्यकारी निर्देशक विजय सुवाल, मोडल तथा कोरियोग्राफर सबिता कार्की र काल्सिक ग्रुपका कार्यकारी निर्देशक समीर महर्जन सहभागी हुनेछन्।