सुचना, समाचार र मनोरन्जन

राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१ पोखरामा हुँदै

कास्की :  ३३ औँ संस्करणको रुपमा राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१ पोखरामा हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा उक्त महोत्सव हुने भएको हो।

माघ १० देखि माघ १७ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र, पोखरा–९,नयाँबजारमा हुने महोत्वमा १२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ पनि आयोजना गरिने पत्रकार सम्मेलन गर्दे जानकारी दिइएको छ।

sfal

पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष गोकर्ण कार्कीले

राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सुचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने गरी आयोजना गरिएको बताए।

उनका अनुसार गण्डकी प्रंदेशसँगको समन्वयमा आयोजना हुने भएकाले गण्डकी प्रदेश सरकारले अगाडि सारेको दोस्रो पञ्चवर्षीय योजनामार्फत् ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासी’को लक्ष्य प्राप्तिमा समर्पित हुनेछ।

 

Leave A Reply

Your email address will not be published.