कास्की,
हावाहुरीका कारण कास्कीको पोखरास्थित फेवातालमा डुंगा पल्टिएको छ । बुधबार अचानक आएको हावाहुरी र छाल कायक डुंगा पल्टिएर अलपत्र परेका एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो ।
तनहुँ जिल्लाको भिमाद नगरपालिका घर भई हाल पोखरा महानगरपालिका–६ बैदाम बस्ने २८ वर्षीय सुबिन ठकुरीले चलाएको उक्त एकल कायक बोट पल्टिए थियो ।
यसबारे खबर पाउनासाथ फेवाताल वाच एन्ड रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमान्डमा खटिएको टोलीले उनलाई सकुशल उद्धार गरेको सशस्त्र प्रहरीले जनाएको छ ।