Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- फिल्म ‘जार’ गीत ‘ए ठूली’मा लाहुरेको प्रेमकथा
- काठमाडौँ टावरको तला थप्ने निर्णयमा नीतिगत भ्रष्टाचार भएको मेयर बालेनको आशंका
- ओड्ने ओडेरपछि फर्किएकी सुरक्षाको ‘कोशेढुङ्गा’मा यस्तो लुक्स,देखिन्छिन नवविवाहित
- नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तद्वारा सपथग्रहण
- तेह्र बुँदे घोषणापत्र जारी गर्दै हिमाली संवाद सम्पन्न
- कारोवारको अन्तिम दिन सेयर बजार परिसुचक नेप्से बढ्यो
- जनप्रिय बहुमुखी क्याम्पसमा डिजिटल क्षमता अभिवृद्धि कार्यशाला
- निर्वाह भत्ता कार्यान्वयन नगरे निजी मेडिकल कलेजका सुविधा रोकिने
- खेलका क्रममा घाईते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई क्यानले ५ लाख सहयोग गर्ने
- विद्यालय सञ्चालन गर्न गाउँपालिकाको आग्रह

रामेछाप बजारमा तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवको उद्घाटन
रामेछाप :
रामेछापको पुरानो सदरमुकाम रामेछाप बजार तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवको उद्घाटन गरिएको छ। बिहीबारबाट सुरु भएको महोत्सवको शुक्रबार श्री गौरीशंकर माध्यमिक विद्यालयमा एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो।
रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्की र पूर्व चलचित्र विकास बोर्डका अध्यक्ष एवं निर्देशक दयाराम दाहालले महोत्सवको संयूक्तरुपमा उद्घाटन गरेका हुन्। तीन दिवसीय महोत्सव शनिबारसम्म चल्नेछ। उद्घाटनपछि बोल्दै रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले रामेछाप नगरपालिकामा पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिदैं नेपाली फिल्मकर्मीलाई सिनेमामा रामेछाप नगरपालिकाका पर्यटकिय तथा ऐतिहासिक ठाउँहरुमा आएर सुटिङ्ग गर्न आग्रह गरिन।
जिल्लामा एउटा पनि फिल्म हल नरहेको उल्लेख गर्दै कार्कीले फिल्म हल संचालन गर्ने भए नगरपालिकाले सकेको सहयोग गर्ने पनि बताइन्।यस्तै पूर्व चलचित्र विकास बोर्डका अध्यक्ष एवं निर्देशक दयाराम दाहालले काठमाण्डौँबाट नजिकै रहेको रामेछाप जिल्लामा फिल्मको सुटिङ्ग गर्ने खालका धेरै ठाउँहरु आफुले यात्राको क्रममा देखेको बताए।
उनले ग्रामीण परिवेशमा बन्ने फिल्महरु सुटिङ्गका लागी रामेछाप उपयुक्त ठाउँ रहेको र फिल्म तथा सर्ट फिल्महरुका निर्मातालाई सुटिङ्गका लागी रामेछाप जिल्लालाई छनौट गर्न पहल गर्ने धारणा राखे।
कार्यक्रममा अभिनेता मुकुल भूषाल,महोत्सवका कार्यक्रम संयोजक एवं फिल्म निर्देशक कमल एक्चै मगर,रामेछाप नगरपालिका ८ का वडाअध्यक्ष सन्तोष कुमार तामाङ लगायतले मन्तव्य राखेका थिए। सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न चलचित्रका निर्देशक,निर्माता तथा कलाकारहरुको उपस्तिथी रहेको थियो।
महोत्सवमा चर्चित चलचित्र दिमाग खराब,नाङ्गो गाउँ,बुलाकी,बिच्छेद,सतीदेवी र डेसान निःशुल्क प्रदर्शन हुनेछन्। यी सिनेमाको साथमा सर्ट फिल्म,डकुमेन्ट्री र विभिन्न भाषाभाषीका चलचित्रहरु पनि प्रदर्शन हुनेछ।
महोत्सवमा सिनेमा प्रदर्शनका अलावा ग्रामीण कथा र नेपाली चलचित्र,पर्यटन र चलचित्र, चलचित्र र स्थानिय सरकार विषय सिनेमा संवाद कार्यक्रम पनि भइरहेको आयोजकले जानकारी दिएको छ। रामेछाप नगरपालिका र चलचित्र विकास बोर्डको सहकार्यमा भएको महोत्सवमा उल्लेख्य जनसहभागिता रहेको छ। महोत्सवको पहिलो संस्करण गोरखाको लाप्राकमा र दोस्रो संस्करण काभ्रेको भकुन्डेबेसीमा सम्पन्न भएको थियो ।