सुचना, समाचार र मनोरन्जन

फ्राइडे रिलिज : हलमा लागे फिल्म ‘द रेड सुटकेस’ र ‘डिग्री माइला’

काठमाडौँ :

शुक्रबार (आज)बाट हलमा दु्ई नेपाली फिल्म हलमा लागेका छन्। यो वर्षको अन्तराष्ट्रिय चलचित्र महोत्सबहरुमा सर्वाधिक चचासँगै आधादर्जन पुरस्कार जित्न सफल नेपाली चलचित्र ‘द रेड सुटकेस’र रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’रहेको छ।

Chaka Panja

फिल्म ‘द रेड सुटकेस’लाई फिडेल देवकोटाले निर्देशन गरेका हुन् भने फिल्मका कलाकारमा सौगात मल्ल, विपीन कार्की, प्रविण खतिवडा र सृष्टि श्रेष्ठलगायतको मुख्य भूमिका रहेको ।यस फिल्मको छायाँकार सुसन प्रजापति हुन् भने आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेल लगायत फिडेल देवकोटा, शोभा थापा र सह निर्मातामा श्रीलंकाका विमुक्ति जयसुन्दरा लगानीकर्ता रहेका छन्।

यता फिल्म ‘डिग्री माइला’दयाहाङ राई,आँचल शर्मा,बिजय बराल,ऋचा शर्मा,प्रकाश घिमिरे,बुद्धि तामाङ लगायतको मुख्य भुमिका रहेको छ। फिल्मका निर्माता मणिराम पोखरेल लगायत रहेका छन्।

Leave A Reply

Your email address will not be published.