सुचना, समाचार र मनोरन्जन

फ्राइडे रिलिज : नीतिको ‘खजुरे ब्रो’सँगै ‘महाजात्रा’,बोक्सीको घर’ र मनसरा’

काठमाडौं :

शुक्रबारबाट नीति शाहको डेब्यु फिल्म ‘खजुरे ब्रो’प्रदर्शनमा आएको छ। सौन्दर्य प्रतियोगिता (मिस नेपाल)बाट उदाएकी शाह अभिनित फिल्म लामो समयको अन्तरालमा प्रदर्शनमा आएको हो।

Pach Pandav

सुरज सुनुवारको निर्देशन बनेको फिल्ममा नीतिका साथै रेअर राई, महेश त्रिपाठी, नविन मानन्धर, विनिता थापा मगर, पुस्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई आदिको अभिनय छ । फिल्मले मल्टीप्लेक्सहरुमा शोज भने न्यून पाएको छ । यद्यपि, केही शोजमा अकुपेन्सी राम्रो देखिएको छ। नेपालको पुर्वमा रहेको धरानका अल्लारे युवाको मनमौजी जीवन र पैसाका लागि गरेको संघर्षको कथालाई फिल्मले बोल्छ। यो कमेडी ड्रामा फिल्म हो।

निर्माण पक्षका अनुसार कुनै समय धरानमा निकै चर्चित मानिएका खजुरे पात्रबाट प्रभावित भएर फिल्म बनेको हो। त्यो पात्रको भूमिकामा रेअरले अभिनय गरेका छन्। अनमोल गुरुङको संगीत रहेको फिल्ममा शिशिर विशंखेको छायाङ्कन र मित्र डि गुरुङको सम्पादन छ। हलमा फिल्म ‘खजुरे ब्रो’का अलवा ‘महाजात्रा’,बोक्सीको घर’ र मनसरा’ पनि प्रद्रर्शनमा भइरहेको छ। प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘महाजात्रा’आजबाट ८ हप्तामा प्रदर्शन भइरहेको हो।

Leave A Reply

Your email address will not be published.