सुचना, समाचार र मनोरन्जन

जिग्री र पाँडेको फिल्म ‘लाज शरणम्’को प्रदर्शन मिति तय

काठमाडौं :

हास्य टेलिफिल्म ‘सक्किगोनी’टिमले निर्माण गर्न लागेको फिल्म ‘लाज शरणम्’को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण टिमले शुक्रबार सामाजिक सञ्जालमा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।

फिल्मका लेखक तथा निर्देशक कुमार कट्टेलले परिचयकर्मीसँग कुराकानी गर्दै अरुको फिल्मसँग नजुधोस भन्नका लागि अगाडि नै रिलिज मिति घोषणा गरिएको बताए।

Pach Pandav

‘नेपाली फिल्महरु जुधिरहेको अवस्थामा,कुनै पनि निर्माता नडुबुन भनेर अग्रिम घोषणा गरेका हौँ,’उनले परिचयकर्मीसँग कुराकानी गर्दै भने,‘त्यसका लागि आगामी महाशिवरात्रीका दिन प्रदर्शन मिति गरिएकोे हो।’

उनले फिल्मका कलाकार,छायांकन समय र निर्देशकको पनि चाँडै नै नाम सार्वजनिक गर्ने बताए।

‘अहिले प्रदर्शन मिति मात्रै घोषणा गरेका हौँ केहि दिनमा नै सम्पुर्ण जानकारी दिनेछौँ,’उनले भने।

महाशिवरात्रिको अवसर पारेर फागुनको १४ गतेबाट रिलिज गर्ने तय गरिएको फिल्मलाई कमेडि जनरामा निर्माण उनीहरुको भनाई छ।

Leave A Reply

Your email address will not be published.