काठमाडौं :
आज (शुक्रबार)बाट तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएको छन्। फिल्म ‘परदेशी २’ सहित ‘कौसीद’ र ‘बासेन्जी’ प्रदर्शनमा आएका हुन्। सामाजिक कथावस्तु नेपालको पछिल्लो समयको परिवेशमा आधारित फिल्म ‘परदेशी २’ रहेको छ । ७ वर्षअघि यो फिल्मको पहिलो श्रृंखला सुपरहिट भएको थियो । फिल्मलाई गायक नारायण रायमाझीले निर्देशन गरेका छन् ।
![Exchange and test](https://parichaya.com/wp-content/uploads/2025/01/unnamed-file-1.jpg)
नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको फिल्ममा गायक प्रकाश सपुतको डेब्यु हो।फिल्ममा उनी सहित नीर शाह, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा सिवाकोटी, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु आदिको अभिनय छ । फिल्मलाई रमेश विजीले कथा तथा पटकथा लेखेका छन्।
यो फिल्मसँगै ‘कौसीद’ र ‘बासेन्जी’ पनि एकसाथ प्रदर्शनमा आएका छन् । हल्ला सहित प्रदर्शनमा आएको हो भने यि दुई भने गुमनाम रिलिज भएका हुन् । इयन स्कट क्लेमेन्ट निर्देशित ‘बासेन्जी’मा असिम निरौला, सुप्रिम राई, मिथिला शर्मा, सरिता गिरी आदिको अभिनय छ । यता अर्को फिल्म ‘कौसीद’ भने कुमार भाष्करको निर्देशनमा बनेको फिल्म होे। फिल्ममा भोलाराज सापकोटा र ऋचा शर्माको मुख्य भूमिका रहेको छ ।