सुचना, समाचार र मनोरन्जन

फिल्म ‘आम नागरिक’को गीत रेकर्ड

काठमाडौं :

क्षित बाबु प्रोडक्सन हाउसको व्यानरमा बन्न लागेको फिल्म ‘आम नागरिक’को गीत रेकर्ड गरिएको छ। ‘जब तिमीसँग मिठो प्यार भयो’ बोलको गीतमा पवित्रा परियारको स्वर, डा. भोला रिजालको शब्द र अर्जुन पोखरेलको संगीत छ। गीत अनामनगरस्थित ए प्लस स्टुडियोमा रेकर्ड गरिएको हो ।
फिल्मका प्रस्तुतकर्ता पुस्कर राउत हुन् । यो फिल्मको सार्वजनिक फस्टलुकले राम्रो चर्चा पाइरहेको छ । सार्वजनिक पोस्टरमा फिल्मका प्रमुख पात्रले शरीरको पछिल्लो भागमा खुकुरी बोकेर उभिएको देखाइएको थियो । पृष्ठभूमिमा कुनै सहरको दृश्य थियो। विनयराज पौडेलको डेव्यु निर्देशकिय रहने फिल्मको कलाकारहरुको हाल धमाधम छनोटका काम भइरहेको छ।

Pach Pandav

उग्रशन ढुङ्गाना र राजेन्द्र दुलाल निर्माता रहने फिल्मको छायांकन चाँडै सुरु हुने निर्माण पक्षले जनाएको छ। फिल्मको लेखन पनि स्वम निर्देशक कै रहेको छ। दर्जन बढी फिल्मा मुख्य सहायक निर्देशकका रुपमा काम गरिसकेका विनयले केही म्यूजिक भिडियो र टेलिफिल्मको पनि निर्देशन गरिसकेका छन्।

Leave A Reply

Your email address will not be published.