सुचना, समाचार र मनोरन्जन

चलचित्र “पीआर’ मा दिक्पाल कार्की नीर शाह र गौरी मल्ल अनुबन्ध

काठमाडौं,

शोभित बस्नेतको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘पीआर’ मा दिक्पाल कार्की नीर शाह र गौरी मल्लको प्रवेश भएको छ। र्याम्प का चर्चित मोडल तथा मिस्टर मोडल अफ द वोर्ल्डका बिजेतासम्म रहेका दिक्पाल कार्की चलचित्रमा फर्किएका हुन् । उनले यस आघि सम्भु प्रधान निर्देशित चलचित्र रंग बैजनीमा मुख्य भुमिका निर्भाह गरेका थिए।

गत फागुनमा अस्ट्रेलियामा ६० प्रतिशत छायांकन गरिएको सिनेमाको सोमबार धम्पुसमा बिहेको दृश्य खिचिएको थियो । बुधबार छायांकन सेटबाट प्राप्त तस्वीरमा दिक्पाल कार्की र विनिता कार्कीलाई दुलाहा-दुहलीको भेषमा देख्न सकिन्छ ।

सिनेमामा दिक्पाल र विनितासहित नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी, आरए सुरज पौडेल, राजन कुँवर, पूजा चौधरी, विमला खत्री, आश्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी लगायतको अभिनय छ ।

सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भइरहेको सिनेमामा एवान ग्रुप सर्भिस (अष्ट्रेलिया)का प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्मातामा रहेका छन् । सिनेमामा मानस राज र भिम बिसीको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, निर्देशक बस्नेतकै कथा तथा गणेश बुढाथोकीको पटकथा र संवाद लेखन छ।

यो सिनेमाले अष्ट्रेलियाको पीआर पाउन नेपाली युवाले गरेको संघर्षको कथालाई प्रस्तुत गर्ने जनाइएको छ । पछिल्लो समय अस्ट्रेलियामा पीआर लिने नेपालीको संख्या निकै बढेको छ । अस्ट्रेलियामा सौरभ मानन्धरले खिचेको सिनेमालाई नेपालमा सौरभ लामाले छायांकन गरिरहेका छन् । सम्पादन बन्दे प्रसादले गर्नेछन् ।

 

Leave A Reply

Your email address will not be published.