काठमाडौं/
प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई सरकारले तिहारको बिदालगत्तै पुरस्कार दिने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय महिला फुुटबल टिमका सदस्यहरुसँगको भेटका क्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने भन्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने जानकारी दिए ।
प्रतियोगितामा दोस्रो भएको नेपाली टोलीका खेलाडीले जनही तीन लाख रुपैयाँका दरले पुरस्कार पाउनेछन् ।